पोखरा, ११ भदौ । नेपाल विद्युत प्राधिकरणको प्रमुख भएपछि कुलमान घिसिङले खेलेको भूमिकाको चौतर्फी प्रशंसा भएको छ।
दैनिक १८ घण्टासम्मको लोडसेडिङलाई हटाउने र पछिल्लो समय प्राधिकरणलाई नाफा समेत दिलाएको योगदानको प्रशंसा गर्दै अहिले लाखौ जनता उनको पक्षमा उभिएका छन् । उनको कार्यकाल सकिने लाग्दा उनको बारेमा गरिएका प्रशंसाले सामाजिक सञ्जालहरु भरिन थालेका छन् ।
उनलाई सोही पदमा पुन नियुक्त गर्न सामाजिक सञ्जालमा ठूलो दबाब छ । उनै कुलमानको योगदानको चर्चा गर्न पोखरा १३ का युवाले त छोटो चलचित्र नै निर्माण गरे । हाम्रो काम गर्ने व्यत्तिको प्रशंसा गर्नुपर्छ भन्ने ठानेर चलचित्र निर्माण गरिएको निर्देशक पूर्ण जिसीले बताए ।
द लाईट अफ नेपाल कुलमान नाम दिइएको सो चलचित्र १३ मिनेट ३१ सेकेण्डको छ । पाँच दिनको समय लगाएर चलचित्र निर्माण गरिएको हो ।
चलचित्रमा कुलमानले प्राधिकरणको प्रमुख बनेपछि निर्वाह गरेको भूमिकालाई मुख्य विषय बनाइएको छ । जिसीले निर्देशन गरेको यो छोटो चलचित्र २२ औं चलचित्र हो ।
चलचित्रमा कुलमानको मुख्य भूमिकामा युवराज त्रिपाठीलाई देख्न सकिन्छ । चलचित्रमा कुमार केसी, पूर्ण जिसी, हिमा जिसी, भगवती सिग्देल लगायतको अभियन रहेको छ ।
चलचित्रको छायांकन तथा सम्पादन आदर्श जिसी, कथा कुमार केसी, पटकथा÷संवाद तथा सहायक निर्देशक आदेश जिसीको छ । यो छोटो चलचित्र आदेश इन्टरटेन्मेण्ट युटुव च्यानलमा हेर्न सकिन्छ ।
Related News
सम्बन्धित समाचार
नेदा तमु सेवा समाज पोखराको आठौं वार्षिकोत्सव
पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान
माघ ४ देखि नागीधार महोत्सव
१३ औं पोखरा महोत्सवलाई विभिन्न संघ संस्थाहरुको साथ
प्रेस सेन्टर कास्कीको अधिवेशन पुस २७ मा हुने
Archives
Archives