पोखरा, ८ भदौ । पोखरा महानगरपालिका दलका नेता तथा सचेतक रामराज लामिछानेले आपत विपद्मा पर्दा सहयोग गर्नुपर्ने भन्दै कसैप्रति भेदभाव नगर्न आग्रह गरेका छन् ।
एकले अर्काेलाई सहयोग गर्ने भावना राखौं, उनले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ यसले हाम्रो मानवीयता झल्काउँछ ।
आफू र आफ्नो परिवारमा कोरोना लाग्दा जस्तो माया र सहयोग चाहन्छौं त्यस्तै माया र सहयोग अरुका लागि पनि आवश्यक पर्ने भएकाले त्यसतर्फ ध्यान दिन भनिएको छ ।
कोरोना संक्रमणपछिको अवस्थामा केन्द्रीत रहेर निकालिएको विज्ञप्तिमा कोरोनाबाट संक्रमित हुने र निको हुने क्रम चलिरहेको भन्दै नआत्तिन आग्रह गरेका छन् । टोल÷टोल र समाजमा फैलिएको त्रास गलत भएको उल्लेख छ ।
विज्ञप्तिमा विश्वमा ठूलो पदधारण गरेका व्यक्तिहरु पनि संक्रमित भई निको भएर घर फर्केको र कोरोनाले ठूलो वा सानो नभन्ने भन्दै सचेत बन्दै सुरक्षित रुपमा घरमा बस्न अनुरोध गरिएको छ ।
Related News
सम्बन्धित समाचार
श्री कृष्ण प्रणामी मन्दिरमा रक्षाबन्धन विशेष कार्यक्रम हुँदै
अग्नी ग्रुपको २ एस सर्भिस सेन्टर पोखरामा
आयोजना सकियो पानी आएन
लियो ३२५ जे नेपालको पहिलो बोर्ड बैठक
पृथ्वीराजमार्गको विकल्पः त्रिशुली करिडोर