पोखरा, ३ भदौ । बुद्ध विशाल बजार पोखरामा कोरोना संक्रमित बिरामी भेटिएपछि शिल गरिएको भन्ने समाचारप्रति बुद्ध विशाल बजार व्यापारिक एशोसियशनको गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।
एशोसियशनका अध्यक्ष केशव खत्रीद्धारा जारी विज्ञप्तीमा पोखराको महेन्द्रपुलस्थित पुरानो सपिङ केन्द्र विशाल बजारमा २ जना कोरोना संक्रमित भेटिएपछि अहिले उक्त क्षेत्र शिल गरिएको भन्ने समाचार विभिन्न मिडियामा आएकोप्रति गम्भीर ध्यानकर्षण भएको उल्लेख छ ।
कोरोना संक्रमित दम्पती पोखरा महानगरपालिका वडा नं ९ का बासिन्दा रहेको र उहाँहरु वडाको निगरानीमा एक हप्ता अगाडिदेखी नै होम क्वारेन्टेनमा नै रहदै आएको विज्ञप्तिमा जनाइएको छ ।
एशोसियशनले सदस्यलाई उच्च सर्तकता अपनाउन आग्रह गर्नुको साथै बजारभित्रका सम्पूर्ण शौचालयमा ह्याण्डवासको व्यवस्था, गेटमा हात धुने व्यवस्था, ज्वरो नाप्ने व्यवस्था, माक्स लगाउने र सेनिटाइजर लगाउने व्यवस्था गर्दै आएको छ ।
एशोसियशनले सम्पुर्ण व्यवसायीहरुले सामाजिक दुरीको पालना गरी पसल संचालन गरेको जनाएको छ ।
Related News
सम्बन्धित समाचार
रुपा गाउँपालिकाले स्थापना दिवसमा विविध कार्यक्रम गर्ने
बेसीसहर शाखामा सित्तैमा जाँच, वालिङमा चाडै शाखा
कास्की काँग्रेसद्वारा सर्वाेच्चको निर्णय स्वागत
गण्डकी प्रदेशको खाद्य अवस्था र उत्पादन बारे छलफल
पोखरा भाँडा व्यवसायी संघद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग