पोखरा, २७ साउन । नेपाल लाइभस्टोक सेक्टर इनोभेशन आयोजना विकेन्द्रीत आयोजना सहयोग इकाइ पोखराले सहकारी र कृषक समूहलाई सहयोग गरेको छ ।
सो कार्यालयले दुध र मासुजन्य उत्पादनसँग सम्वन्धित सहकारी र कृषक समूहलाई सहयोग गरेको हो ।
विभिन्न समयमा आयोजित कार्यक्रमबीच कार्यालय प्रमुख लक्ष्मण ढकालले गण्डकी प्रदेशका नवलपूर, स्याङ्जा, कास्की, तनहुँ, म्याग्दी, मनाङ र मुस्ताङका सहकारी र कृषक समूहलाई सहयोग हस्तान्तरण गरेका थिए ।
कार्यालयले ५४ वटा सहकारी र एक सय ५७ कृषक समूहलाई मिल्क क्यान, औषधी, सोलार सेट, डिजिटल मेशीनलगायत सहयोग गरेको पशु विकास अधिकृत हुमनाथ अर्यालले जानकारी दिए ।प्रत्यक सहकारी र कृषक समूहलाई ५० हजार मूल्य बराबरको सहयोग गरिएको हो ।
‘कृषकलाई जे आवश्यक छ, त्यहि आवश्यकता अनुसारको सहयोग गर्ने गरेका छौं, कार्यालय प्रमुख ढकालले भने, कृषकलाई प्रोत्साहन र सहयोग गर्न जुटिरहेका छौं ।’
Related News
सम्बन्धित समाचार
पोखरामा मौलिक देउसी भैलो महोत्सव हुने
६४ टोपखाना मैदाने रेजिमेण्टका भूपू मेजर जर्नेल र कर्नेलको समूह पोखरामा
मासु पसलमा महानगरको अनुगमन, कहाँ के भेटियो ?
लेखनाथका ६ पसलमा महानगरको अनुगमन
नेशनल च्याम्पियनको उपाधि पोखराको बालोदयलाई