पोखरा, २६ साउन । पोखरा महानगरपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित ११ वडाध्यक्षहरुले कोरोना महामारीको समयमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका गैरजिम्मेबार बनेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
पोखरा महानगरपालिका दलका नेता तथा सचेतक रामराज लामिछानेद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा महामारीका बेला सरकार र पोखरा महानगरपालिकाले विशेष चासो दिन आवश्यक रहेको भन्दै ध्यानाकर्षण गराइएको छ ।
महामारीका कारण भयावह अवस्था सृजना भएको अवस्थामा संघ, प्रदेश र स्थानीय सरकारको मुख ताक्नु भन्दा आफै सुरक्षित रुपमा रहनुपर्नेमा जोड दिइएको छ ।
विज्ञप्तिमा अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन, कुनै कार्यक्रम नगर्न, भिडभाड नगर्न, व्यापार व्यवसाय गर्दा सेनिटाइजर प्रयोग गरी भौतिक दुरी अपनाउन, साबुन पानीले नियमित हात धुन र मास्क अनिवार्य लगाउन आग्रह गरिएको छ ।
पोखरामा १ सय ४७ जना संक्रमित भैरहदा आइसोलेशन वार्डमा थप बेड व्यवस्था गर्न आग्रह गरिएको छ ।
Related News
सम्बन्धित समाचार
नेदा तमु सेवा समाज पोखराको आठौं वार्षिकोत्सव
पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान
माघ ४ देखि नागीधार महोत्सव
१३ औं पोखरा महोत्सवलाई विभिन्न संघ संस्थाहरुको साथ
प्रेस सेन्टर कास्कीको अधिवेशन पुस २७ मा हुने
Archives
Archives