पोखरा, २१ साउन । नेपाली काँग्रेस कास्कीले मादी गाउँपालिका वडा नं ५ ठुलोस्वाँरामा रहेको पीडित परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीले स्थानीय पुष्पकुमारी गुरुङलाई नगद १० हजार हस्तान्तरण गरेका थिए ।
विदेशमा रहेका नेपाली काँग्रेसका शुक्रराज न्यौपानेको पहलमा कास्कीका बाढीपहिरो पीडितलाई सहयोग गर्न कास्की काँग्रेसलाई पठाइएको ५० हजारमध्यबाट १० हजार सो परिवारलाई हस्तान्तरण गरिएको हो प्रवत्ता नवीन सिग्देलले बताए ।
सहयोग हस्तान्तरण गर्न कास्की काँग्रेसका सभापति केसीसहित कोषाध्यक्ष लक्ष्मी पाण्डे, प्रवत्ता सिग्देल, मादी गाउँपालिका प्रमुख देवीजङ्ग गुरुङ, वडा सदस्य होमनाथ अधिकारीलगायतको टोलि पुगेको थिए ।
कार्यक्रममा कास्की काँग्रेसका सभापति कृष्ण केसीले समस्यामा परेको सो परिवारलाई सहयोग गर्न सबैलाई आग्रह गरे ।
असार २५ गतेको अविरल वर्षापछि घर भत्किएको थियो । दिउँसो घरमा कोही नभएका बेला घर भत्किएका कारण मानवीय क्षति भने भएको छैन ।
Related News
सम्बन्धित समाचार
कर्मशीलका सदस्यलाई युआरएल र अन्नपूर्ण सिटीमा छुट
सराङकोटमा तीज मेला हुने
कास्कीमा थपिए ११ हजार मतदाता
श्री कृष्ण प्रणामी मन्दिरमा रक्षाबन्धन विशेष कार्यक्रम हुँदै
अग्नी ग्रुपको २ एस सर्भिस सेन्टर पोखरामा