पोखरा, ८ साउन । पोखरा विश्वविद्यालयमा नेपाल विद्यार्थी संघले रिले अनसन सुरु गरेको छ ।
विश्वविद्यालयमा उपकुलपति र रजिष्टार नियुक्तिको माग गर्दै विद्यार्थी नेता अनसन बसेका हुन् ।पहिलो दिनको पहिलो चरणमा गोपिकृष्ण तिवारी, राजिव भण्डारी, निरज लामिछाने अनसनमा छन् ।
विश्वविद्यालयमा करीब १० महिनादेखि उपकुलपति र रजिष्टार नियुक्त हुन सकेको छैन ।
यसैबीच नेपाली काँग्रेस पोखरा महानगर सभापति बजिरमान श्रेष्ठ, सहसभापति राजेन्द्रमणि लामिछाने, उपसभापति सुरेन्द्र बिजुक्छे ,डम्बरबहादुर थापा, सचिव रामजी कोइराला, ध्रुवहरि अधिकारी, सरोज बराल र शिवराजलगायत विश्वविद्यालय पुगेर अनसनमा एक्यवद्वता जनाएका छन् ।
Related News
सम्बन्धित समाचार
महिला दिवसमा गृह श्रमिक संघ कास्कीको विविध कार्यक्रम
मर्दीखोला शैक्षिक प्रतिष्ठानद्वारा ५ लाख बराबरको छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण
महाकाव्यकार चालिसेको मैले देखेको पोखरा लोकर्पण
नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघको स्थापना दिवस
१३ औं रुपा तालबेसी फागु महोत्सव हुने