पोखरा, १ साउन । सूर्य नेपाल प्रालिले कोभिड–१९ विरुद्ध लडाईमा सहयोग पु¥याउन गण्डकी प्रदेशलाई रु. १ करोड सहयोग गरेको छ ।
कम्पनीका वाणिज्य प्रमुख गौतम यादव र कारखाना व्यवस्थापक बाबुराम कार्कीले प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।
मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशमा रहेको सबैभन्दा ठूलो प्राइभेट कम्पनीले कोरोना भाइरस रोकथामको लागि दिएको अहिलेसम्मको सबैभन्दा ठूलो आर्थिक सहयोगले कोभिड रोग विरुद्ध लड्न बल पुगेको बताए ।
प्रमुख यादवले कोरोना कोषमा रकम जम्मा गरेर सामाजिक उत्तरदायित्व बहन गरेको बताए ।
कोरोनाले जनसमुदायमा त्रास फैलाइरहेको अवस्थामा यस आर्थिक सहयोगबाट कोरोना भाइरस विरुद्ध लड्न गण्डकी प्रदेशलाई थप प्रेरणा र उर्जा मिल्ने विश्वास कम्पनीको छ ।
सूर्य नेपाल प्रालिले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनिविभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ । आगामि दिनहरुमा समेत यस्ता सहयोगहरु निरन्तर गर्दै जाने योजना कम्पनीको छ ।
Related News
सम्बन्धित समाचार
कालिका मन्दिर चिनाउन सङ्ग्रहालय
‘टिभिएस ग्राण्ड एक्स्चेन्ज मेला’ हुने
कास्कीको माछापूच्छ«ेमा अध्यक्ष र उपाध्यक्षसहित सात वडामा काँग्रेस विजयी
पोखरा महानगरमा गठबन्धन उम्मेदवारको अग्रता
पोखराको प्रमुखका उम्मेदवारद्वय कांग्रेसका नेता सापकोटा र तिवारीको उम्मेदवारी फिर्ता