पोखरा, ३० असार । प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ ले काँग्रेस पूर्व महामन्त्री एवं पूर्व सभामुख तारानाथ रानाभाट र कास्की काँग्रेस सचिव देवेन्द्र रानाभाटकी ममतामयी माता खिमकुमारी रानाभाटको निधन भएकोमा दुःख व्यक्त गरेका छन् ।
प्रदेश प्रमुख अधिकारी मङ्गलबार पोखरा २६ स्थित साँघुकोमुखमा रहेको रानाभाट निवासमा पुगेर दिवंगत आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका थिए ।
प्रजातन्त्र सेनानी स्व.नारायणदत्त रानाभाटकी धर्मपत्नी खिमकुमारीको एक सय वर्षको उमेरमा साउन २३ गते निधन भएको थियो।
तारानाथ रानाभाट, देवेन्द्र रानाभाटसहित खिलेन्द्र रानाभाट र सुरेन्द्र रानाभाट छोरा हुन्। खिमादेवी रानाभाट र शोभाकुमारी रानाभाट छोरी हुन् ।
रानाभाट परिवारलाई समवेदना व्यक्त गर्न विभिन्न दलका नेता तथा कार्यकर्ता, शुभेच्छुक, र आफन्तको घुइचो लाग्ने गरेको छ ।
Related News
सम्बन्धित समाचार
पत्रकार महासंघ कास्कीमा एआईको प्रयोग विषयक कार्यशाला
अन्नपूर्ण गाउँपालिकाको एक वर्ष
नयाँ ‘मिष्टर नेपाल’ को खोजी, पोखरा अडिसन जेठ ६ गते
क्रेनको ठक्करबाट पोखरामा महिलाको मृृत्यु
महानगरद्वारा सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता