पोखरा, २६ असार । नेपाली काँग्रेस कास्कीले कास्की जिल्लाका विभिन्न स्थानमा बाढिपहिरोका कारण जनधनमा पुगेको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।
कास्की काँग्रेसले पहिरोका कारण पोखरा १८ सराङकोटस्थित गोठादीमा पाँच जना, पोखरा २५ हेमजामा एक जना र पोखरा २६ पैतेडाडामा एक जनाको मृत्यु भएको र आठ जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
विज्ञप्तिमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मणिपाल शिक्षण अस्पतालमा उपचार गराई रहेका घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
विज्ञप्तिमा गोठादीमा ५० वर्षीय टंकबहादुर थापा, ४५ वर्षीया सोममाया थापा, ११ वर्षीया इशिका थापा, ६ वर्षीय सुवान थापा, दमौली घर भएका ८ वर्षीय सितल श्रेष्ठ ,हेमजामा ७० वर्षीया हिमकला अधिकारी र पैतेडाडामा ३५ वर्षीय दुर्गाबहादुर सुनारको मृत्यु भएकोमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोककुल परिवार र आफन्तजनमा समवेदना व्यक्त गरेको छ ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन माग गरिएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरामा मौलिक देउसी भैलो महोत्सव हुने
६४ टोपखाना मैदाने रेजिमेण्टका भूपू मेजर जर्नेल र कर्नेलको समूह पोखरामा
मासु पसलमा महानगरको अनुगमन, कहाँ के भेटियो ?
लेखनाथका ६ पसलमा महानगरको अनुगमन
नेशनल च्याम्पियनको उपाधि पोखराको बालोदयलाई