पोखरा, १५ असार । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले आर्थिक अपराध नियन्त्रणमा प्राथमिकता दिने बताएका छन् ।
विभिन्न १५ बुँदे प्राथमिकता अन्तर्गत उनले आर्थिक अपराध समस्याका रुपमा रहेकाले त्यसलाई प्राथमिकता दिने उल्लेख गरे ।
व्यवसायका लागि गरिने लेनदेन र ठगिका कारण आर्थिक अपराध हुने गरेको उनको भनाइ छ । आर्थिक अपराधसँगै लागु औषध, चोरी, जुवातास, गुण्डागर्दी नियन्त्रणमा पनि ध्यान दिने बताए ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट हालै कास्की प्रहरी प्रमुखका रुपमा सरुवा भई आएका उनले आइतबार पोखराका सञ्चारकर्मीसँग जुममार्फत् परिचय तथा अन्तक्र्रिया गरेका थिए ।
त्यस क्रममा उनले प्रहरी सेवालाई छिटो छरितो, सहज र पारदर्शी बताउँदै शान्ति सुरक्षा मजबुद बनाउने उल्लेख गरे ।
असार ८ गते कास्कीमा आएका उनले यहाँको भौगोलिक अवस्था र शान्ति सुरक्षाका अवस्था बारे जानकारी लिइसकेको बताए ।
उनले सबै क्षेत्रसँगको समन्वय र सहकार्यमा अघि बढ्ने उल्लेख गरे । गोरखा घर भएका प्रहरी उपरीक्षक २०५१ सालमा प्रहरी सेवामा प्रवेश गरेका हुन् । केन्द्रीय अनुसन्धान ब्युरो र अपराध अनसन्धान महाशाखामा काम गरेको अनुभव छ। त्यस्तै, जिल्ला प्रहरी कार्यालय सिराहाको प्रमुखका रुपमा काम गरिसकेका छन् ।
त्यस अवसरमा पत्रकारहरुले पत्रकारलाई सहज रुपमा सूचना उपलब्ध गराउने वातावरण निर्माण गर्न आग्रह गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरामा मौलिक देउसी भैलो महोत्सव हुने
६४ टोपखाना मैदाने रेजिमेण्टका भूपू मेजर जर्नेल र कर्नेलको समूह पोखरामा
मासु पसलमा महानगरको अनुगमन, कहाँ के भेटियो ?
लेखनाथका ६ पसलमा महानगरको अनुगमन
नेशनल च्याम्पियनको उपाधि पोखराको बालोदयलाई