पोखरा, ४ असार । नेपाल तरुण दल कास्कीले लकडाउनपछि विभिन्न खाले समस्यामा परेका परिवारलाई सहयोग गर्ने अभियान जारी राखेको छ ।
विशेष गरी गरीब तथा विपन्न परिवार नराम्ररी प्रभावित हुन थालेपछि त्यस्ता परिवारलाई सहयोग गर्न तरुण दल कास्कीले सहयोग अभियान शुरु गरेको थियो ।
तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ विभिन्न व्यक्ति तथा संघसंस्थासँग समन्वय गरी सहयोगमा जुटिरहेका छन् ।
यसैबीच, तरुण दल कास्कीले पोखराको नयाँबजारमा समस्यामा परेको एक परिवारलाई सहयोग गरेको छ ।
तरुण दल कास्की अध्यक्ष गुरुङले सो परिवारलाई औषधीका लागि नगद १० हजारसहित खाद्यान्न सहयोग हस्तान्तरण गरेका थिए ।
कास्की काँग्रेसका प्रवत्ता एवं नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल, नेपाली काँग्रेस क्षेत्र नं २ प्रदेख(ख)का सभापति दिपेन्द्र मर्सानी, पोखरा ९ वडा सभापति उमा ठकुरी, तरुण दल क्षेत्र नं २ कास्कीका सभापति डिआर भट्टराई, जिल्ला सदस्य योगेन्द्र बाटाजु, समाजसेवी एवं शुभेच्छुक अमित गुरुङको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको थियो ।
तरुण दल कास्कीका अध्यक्ष गुरुङले समस्यामा परेको जानकारी पाएपछि सक्दो सहयोगमा जुट्ने गरेको बताए ।
Related News
सम्बन्धित समाचार
पोखरामा मौलिक देउसी भैलो महोत्सव हुने
६४ टोपखाना मैदाने रेजिमेण्टका भूपू मेजर जर्नेल र कर्नेलको समूह पोखरामा
मासु पसलमा महानगरको अनुगमन, कहाँ के भेटियो ?
लेखनाथका ६ पसलमा महानगरको अनुगमन
नेशनल च्याम्पियनको उपाधि पोखराको बालोदयलाई