पोखरा, १ असार । नेपाली काँग्रेस कास्कीकी नेतृ रङ्गिला आचार्यले नेपाल प्रेस युनियन कास्कीलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेकी छन् ।
कास्की काँग्रेसकी सहसचिव आचार्यले नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल, उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा, रविना आले र सचिव प्रदिप पौडेललाई मास्क, सेनिटाइजर र ग्लब्स हस्तान्तरण गरेकी थिइन् ।
कोरोना भाइरसको महामारी बढिरहेका बेला आमनागरिकलाई सुुसुचित गर्न लागिपरेका संचारकर्मीलाई सुरक्षित बनाउन उनले ति सामग्री सहयोग गरेकी हुन् ।
समाजका लागि संचारकर्मीको निर्वाह गरेको भूमिकाको प्रशंसागर्दै नेतृ आचार्यले संचारकर्मीको साथमा सदैव रहिरहने प्रतिवद्वता व्यक्त गरिन् ।
नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष सिग्देलले विभिन्न संघसंस्था तथा व्यत्तिको सहयोगमा करीब २ सय संचारकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री र २४ जनालाई अत्यावश्यक सहयोग गरिएको उल्लेख गरे ।
‘संचारकर्मीका हरेक समस्या हाम्रा समस्या हुन्, उनले भने, सबै संचारकर्मीको साथमा प्रेस युनियन रहनेछ।’ कार्यक्रम सचिव प्रदीप पौडेलले सञ्चालन गरेका थिए ।
यसअघि नेतृ आचार्यले क्रियाशील पत्रकार महिला समूह गण्डकीलाई पनि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेकी थिइन् । त्यस्तै लकडाउनका कारण नराम्ररी प्रभावित बनेका एक सय ५० परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेकी छन्।
Related News
सम्बन्धित समाचार
कालिका मन्दिर चिनाउन सङ्ग्रहालय
‘टिभिएस ग्राण्ड एक्स्चेन्ज मेला’ हुने
कास्कीको माछापूच्छ«ेमा अध्यक्ष र उपाध्यक्षसहित सात वडामा काँग्रेस विजयी
पोखरा महानगरमा गठबन्धन उम्मेदवारको अग्रता
पोखराको प्रमुखका उम्मेदवारद्वय कांग्रेसका नेता सापकोटा र तिवारीको उम्मेदवारी फिर्ता