पोखरा, २६ जेठ । नेपाली काँग्रेस कास्कीले आमनागरिकलाई असर नपर्ने र त्रास सृजना नहुने गरी कोरोनाका कारण मृत्यु भएका व्यक्तिको अत्येष्टि गर्ने व्यवस्था मिलाउन माग गरेको छ ।
आमनागरिकलाई असर नपर्ने गरी र त्रास सृजना नहुने गरी अन्त्येष्टिका लागि सुरक्षित स्थानको व्यवस्था मिलाउन माग गर्दछौ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा पोखरामा कोरोनाबाट मृत्यु भएकाको अन्त्येष्टिका लागि पोखरा मणिपालस्थित सेती नदी किनार लैजादा पोखरा वडा नं ११ र २० का स्थानीयको विरोधपछि प्रशासनले दमन गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
कोरोनाका कारण मृत्यु भएकाको अन्त्येष्टिका लागि मानववस्ती भन्दा टाढा रहेको कुनै स्थान छनोट गर्दा उपयुक्त हुने कास्की काँग्रेसको ठम्याइ छ । वर्षायाममा सेती नदी किनारमा शव गाड्ने निर्णय अव्यवहारिक भएको ठहर गर्दै उचित स्थानको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा कोरोनाको महामारी बढिरहेका बेला आमनागरिकमा त्रास बढ्नु स्वभाविकै भएको भन्दै आमनागरिकको भावना विपरीत कुनै पनि काम नगर्न पोखरा महानगरपालिका र प्रशासनको ध्यानाकर्षण गरिएको छ।
प्रशासनसँगको झडपमा पोखरा ११ का वडाध्यक्ष मोहन बास्तोला घाइते भएको र स्थानीय हरिश्चन्द्र बास्तोला, जनार्दन बास्तोला, विष्णु नेपाली, पोखरा २० का वडासदस्य भीमप्रसाद बास्तोलालगायत १८ जनालाई गिरफ्तार गरिएकोप्रति निन्दा गर्दै गिरफ्तार गरिएकालाई तत्काल रिहा गर्न माग गरिएको छ ।
विज्ञप्तिमा कोरानाबाट दिवंगत भएकाको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।
Related News
सम्बन्धित समाचार
गर्मीयाम शुरु हुदै छ सवै सचेत हुनुहोस्, रुपामा वन डढेलो नियन्त्रणको पूर्व अभ्यास
ढिकुरपोखरी सामाजद्धारा विद्यालय तथा संस्थालाई सहयोग
हेम्जा आवासीय विद्यालयमा पुरस्कार वितरण कार्यक्रम
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष पुनः भिम
पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न