पोखरा, २७ जेठ । नेलम्बो नेपालले कास्कीको माछापुच्छ«े गाउँपालिकालाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा सावधानी अपनाउन पीपीई सेट, थर्मल गन, सेनिटाइजर, मास्क, ग्लब्स, हात धुने साबुन सहयोग गरेको हो ।
गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ, उपाध्यक्ष कृष्णकुमारी पौडेल दवाडी, वडा नं ६ का वडाध्यक्ष हरिश्चन्द्र ढुगांना, नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा,कार्यक्रम संयोजक डा. किसन कोइराला र जनसम्पर्क सुपरिवेक्षक भीमप्रसाद भण्डारीको उपस्थितिमा भेंडाबारीस्थित भेंडाबारी प्राथमिक स्थास्थ्य केन्द्र प्रमुख सृष्टि ओझालाई सामग्री हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष एकदेव देवकोटाले आ.व. २०७७÷०७८ का लागि संस्थाको कार्यक्रम तथा विनियोजित बजेट विवरण गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङलाई हस्तान्तरण गरेका थिए । गाउँपालिका अध्यक्ष गुरुङले संस्थाले गरेको कामको प्रशंसा गर्दै आगामि दिनमा सहकार्य गर्दै अगाडि बढ्ने बताए ।
नेलम्बोले विगत ३ वर्षदेखि नियमित रुपमा स्वास्थ्य, शिक्षा र वातावरण सम्वन्धी विभिन्न कामहरु गर्दै आएको छ ।
Related News
सम्बन्धित समाचार
महिला दिवसमा गृह श्रमिक संघ कास्कीको विविध कार्यक्रम
मर्दीखोला शैक्षिक प्रतिष्ठानद्वारा ५ लाख बराबरको छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण
महाकाव्यकार चालिसेको मैले देखेको पोखरा लोकर्पण
नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघको स्थापना दिवस
१३ औं रुपा तालबेसी फागु महोत्सव हुने