पोखरा, २५ जेठ । जीपी कोइराला फाउण्डेशन कास्कीले नेपाल प्रेस युनियन कास्कीलाई शनिवार स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ ।
बढ्दो कोरोना संक्रमणकाबीचमा नागरिकलाई सूसुचित गराउन सक्रिय संचारकर्मीको स्वास्थ्य सुरक्षाका लागि ति सामग्री प्रदान गरिएको हो ।
फाउण्डेशनले गरेको कार्यक्रममा प्रतिष्ठानकी गण्डकी प्रदेश संयोजक शारदा पौडेलले प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देललाई मास्क, ग्लब्स र सेनिटाइजर हस्तान्तरण गरेकी थिइन् ।
कार्यक्रममा संविधानसभा सदस्य समेत रहेकी संयोजक पौडेलले मुलुकलाई सही ढंगबाट अघि बढाउन पत्रकारिता शशक्त हुनुपर्ने बताइन् ।
उनले स्वास्थ्य नै धन भएको भन्दै हरेक व्यत्ति, परिवार र समाजले सावधानी र सतर्कता अपाउनुपर्ने उल्लेख गरिन् ।
नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष सिग्देलले प्राप्त सामग्री क्रियाशील सञ्चारकर्मीलाई उपलब्ध गराइने बताए ।
त्यस अवसरमा प्रतिष्ठान गण्डकी सहसंयोजक राजेन्द्रनिधि कोइराला, क्षेत्र नं ३ संयोजक उमेशराज पराजुली, कास्की सचिव मोतिराज तिमिल्सिनाले बोलेका थिए ।
जीपी कोइराला फाउण्डेशन कास्की संयोजक यादवराज अधिकारीको अध्यक्षतामा भएको थियो ।
Related News
सम्बन्धित समाचार
ढिकुरपोखरी सामाजद्धारा विद्यालय तथा संस्थालाई सहयोग
हेम्जा आवासीय विद्यालयमा पुरस्कार वितरण कार्यक्रम
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष पुनः भिम
पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न
कालिका माविको ४२ औँ वार्षिकोत्सवमा ३ जनालाई वर्ष सम्मान