पोखरा, १४ जेठ । पोखरा १३ वीपी मार्ग निवासी समाजसेवी नारायण गुरुङले आफ्नो जन्मदिनको अवसरमा खाद्यान्न सहयोग गरेका छन् ।
राप्रपाका केन्द्रीय सदस्य समेत रहेका गुरुङले पोखरा १४ काजीपोखरीस्थित जलेश्वर टोलका गरीब तथा विपन्न ५५ घर परिवारलाई खाद्यान्न सहयोग गरेका हुन् ।
गुरुङले चामल, तेल, नुन गरी ७० हजार बराबरको खाद्यान्न सहयोग गरेका थिए ।
‘जन्मदिनमा फजुल खर्च नगर्न सबैलाई सन्देश दिदै सहयोग गरेको हुँ, गुरुङले भने, लकडाउनका कारण नराम्ररी प्रभावित बनेका नागरिकलाई सहयोग गर्न पाउँदा खुशी छु।’
Related News
सम्बन्धित समाचार
महिला दिवसमा गृह श्रमिक संघ कास्कीको विविध कार्यक्रम
मर्दीखोला शैक्षिक प्रतिष्ठानद्वारा ५ लाख बराबरको छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण
महाकाव्यकार चालिसेको मैले देखेको पोखरा लोकर्पण
नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघको स्थापना दिवस
१३ औं रुपा तालबेसी फागु महोत्सव हुने