पोखरा, २१ वैशाख । नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गरेको शान्ति पत्रकारिता पुरस्कारका संस्थापक पोखरा ११ तुलसी मार्ग निवासी पूर्णप्रसाद बरालको ९२ वर्षको उमेरमा आइतबार निधन भएको छ ।
केही समयदेखि मुटुको समस्याबाट प्रभावित बरालको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो ।
उनका तीन छोरा र सात छोरी छन् । हरिप्रसाद बराल, परशुराम बराल र भोला बराल छोरा हुन् । समाजसेवी, धार्मिक व्यत्तित्व भोला बरालको पहलमा शान्ति पत्रकारिता पुरस्कार स्थापना गरिएको हो ।
स्व. बरालको पार्थिव शरीर आइतबार नै रामघाटस्थित सेती नदी किनारमा अत्येष्टि गरिएको थियो । शवयात्रामा शुभेच्छुक, परिवारजन र आफन्त सहभागी थिए ।
कास्की काँग्रेसका सभापति कृष्ण केसी, गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापा, कास्की काँग्रेसका प्रवक्ता एवं नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल, प्रेस युनियन गण्डकी अध्यक्ष टंक अधिकारी, कास्की उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा र निवर्तमान अध्यक्ष शिरोमणि बराललगायतले श्रद्वाञ्जली अर्पण गरेका थिए ।
Related News
सम्बन्धित समाचार
महिला दिवसमा गृह श्रमिक संघ कास्कीको विविध कार्यक्रम
मर्दीखोला शैक्षिक प्रतिष्ठानद्वारा ५ लाख बराबरको छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण
महाकाव्यकार चालिसेको मैले देखेको पोखरा लोकर्पण
नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघको स्थापना दिवस
१३ औं रुपा तालबेसी फागु महोत्सव हुने