काँग्रेस क्षेत्रीय सभापति शर्मालाई पितृशोक

राष्ट्र न्यूज सम्वाददाता
वैशाख १७, २०७७
Teknath poudel

पोखरा, १७ वैशाख । नेपाली काँग्रेस क्षेत्र नं ३ कास्कीका सभापति पोषनाथ शर्मालाई पितृशोक परेको छ ।

उनका बुबा टेकनाथ पौडेलको ८३ वर्षको उमेरमा बुधबार बिहान पोखरा १८, विन्ध्येश्वरी टोल पाखास्थित निवासमा निधन भएको हो । उनी केही समयदेखि क्यान्सर र मुटु सम्बन्धी समस्याबाट प्रभावित थिए ।

स्व. टेकनाथ तत्कालिन सल्यान गाउँ पञ्चायत अध्यक्ष र २०४९ मा तत्कालिन सल्यान गाविस वडा नं ८ को वडाध्यक्ष भएका थिए ।

उनका पाँच छोरामध्य पोषनाथ जेठा छोरा हुन् । दयाराज पौडेल, टेकराज पौडेल र टुकराज पौडेल छोरा हुन् । छोरा खेमराज पौडेलको यसअघि नै निधन भैसकेको छ ।

उनको पार्थिव शरीर बुधबार नै पोखरा १, गाईघाटमा अत्येष्टि गरिएको छ । कास्की काँग्रेसका सभापति कृष्णबहादुर केसी, उपसभापति आइबहादुर गुरुङ, सचिव देवेन्द्र रानाभाट, पोखरा नगर सभापति बजिरमान श्रेष्ठ, नेता युवराज कुँवरलगायतले पार्टीको चार तारे झण्डा ओढाएर अन्तिम श्रद्वाञ्जली अर्पण गरेको कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले बताए ।

यसैबीच नेपाली काँग्रेस कास्कीले शोक विज्ञप्ति प्रकाशित गरी पौडेलको निधनप्रति दुःख व्यक्त गरेको छ ।

विज्ञप्तिमा दिवगंत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • हिल प्वाइन्ट मा.विमा अभिभावक दिवस

    राष्ट्र न्यूज सम्वाददाता फागुन ६, २०८०
    पोखरा, ६ फागुन । पोखरा महानगरपालिका १२ माटेपानीमा रहेको हिल प्वाइन्ट मा.विको ४३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम…
  • कास्कीमा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण बढ्दो

    राष्ट्र न्यूज सम्वाददाता माघ २९, २०८०
    पोखरा, २९ माघ । कास्कीमा सुंगुर, बंगुर तथा बंदेल प्रजातिमा लाग्ने अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण बढेको छ । पशुपन्छि…
  • सोंथर बेँसी मेलाको तयारी तिव्र

    राष्ट्र न्यूज सम्वाददाता माघ २५, २०८०
    पोखरा, २५ माघ । कास्कीको मादी गाउँपालिका वडा नं ८ नागीधार पाखुरीकोट र १० भाचोक गाउँको संगम बेँसीको रुपमा रहेको…
  • हेम्जा वोर्डिङको फागुनमा वार्षिकोत्सव

    राष्ट्र न्यूज सम्वाददाता माघ २१, २०८०
    पोखरा, २१ माघ । हेम्जा वोर्डिङ स्कुल पोखरा— २५ हेमजाले २८ औं वार्षिकोत्सव, अभिभावक दिवस मनाउने भएको छ । फागुन…
  • सोतीपसलको मंगला माविमा शिविर

    राष्ट्र न्यूज सम्वाददाता पौष २२, २०८०
    पोखरा, २२ पुस । लायन्स क्लब अफ पोखरा हिमालयनले नेपाल परिवार नियोजन संघ कास्कीको प्राविधिक सहयोगमा निःशुल्क यौन तथा प्रजनन्…

Archives

Archives