पोखरा, २३ चैत । विश्वव्यापी रुपमा बढिरहेको कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि नेपाली काँग्रेस सक्रिय बनेको छ ।
नेपाली काँग्रेस माछापुच्छ«े गाउँपालिका समिति कास्कीले गाउँपालिका भित्र कोरोना भाइरसबाट नागरिकलाई जोगाउन ब्लिचिङ पाउडरको झोल छर्केको छ ।
गाउँपालिकाका ९ वटै वडामा ब्लिचिङ पाउडर झोल छर्केने योजना रहेको त्यस क्षेत्रका काँग्रेस नेता खुशीमान गुरुङले बताए ।
‘स्थानीय नेता तथा कार्यकर्ताको सहभागितामा वडाका टोल÷टोलमा ब्लिचिङका पाउडरको झोल छर्केका छौ, नेपाली काँग्रेस कास्कीका जिल्ला सदस्य विष्णुबहादुर क्षेत्रीले भने, आफूपनि सुरक्षित बन्दै, त्यसक्षेत्रका नागरिकलाई सुरक्षित बनाउन सक्रिय छौ।’
कास्की काँग्रेसले पनि सबै नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गर्दै पार्टीका सबै इकाइलाई संकट बेला सक्रिय बन्न आग्रह गरेको प्रवत्ता नवीन सिग्देलले बताए ।
Related News
सम्बन्धित समाचार
कालिका मन्दिर चिनाउन सङ्ग्रहालय
‘टिभिएस ग्राण्ड एक्स्चेन्ज मेला’ हुने
कास्कीको माछापूच्छ«ेमा अध्यक्ष र उपाध्यक्षसहित सात वडामा काँग्रेस विजयी
पोखरा महानगरमा गठबन्धन उम्मेदवारको अग्रता
पोखराको प्रमुखका उम्मेदवारद्वय कांग्रेसका नेता सापकोटा र तिवारीको उम्मेदवारी फिर्ता