राहतका लागि नागरिकता मात्र भए हुने

राष्ट्र न्यूज सम्वाददाता
चैत्र १९, २०७६
rahat

पोखरा, १९ चैत । लकडाउनका कारण प्रभावित गरीब तथा विपन्न वर्गलाई राहत दिन पोखरा महानगरपालिकाले तोकेको मापदण्डलाई सहज बनाइएको छ ।

अब राहत लिनका लागि स्वयंको नागरिकता वा सम्बन्धित घरधनीको नागरिकतामध्ये कुनै एउटा भए हुने पोखरा महानगरपालिका वडा नं ९ का वडाध्यक्ष रामराज लामिछानेले बताए ।

‘पोखरा महानगरपालिकाको आज कार्यपालिका बैठकमा मापदण्ड झन्झटिलो र अव्यवहारिक भएको कुरा राखे, छलफलपछि नागरिकता बाहेकका अन्य सबै मापदण्ड हटाउने निर्णय भएको छ,’ पोखरा महानगरपालिका विपक्षि दलका नेता समेत रहेका वडाध्यक्ष लामिछाने भने । यस्तो व्यवस्थाले गरीब तथा विपन्न वर्गलाई राहत लिन सहज हुने उनको भनाइ छ ।

यसअघि महानगरपालिकाले राहतका लागि निवेदकको नागरिकताको फोटोकपी, फोटो, घरको नक्सापास, खानेपानी तथा विद्युत महसुल तिरेको बिल र घर बहाल सम्झौता पत्रको फोटोकपी आवश्यक पर्ने मापदण्ड तोकेको थियो ।

यस्तो मापदण्ड झन्झटिलो र अव्यवहारिक भएको भन्दै नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले विज्ञप्तिमार्फत् मापदण्ड सहज बनाउन माग गरेका थिए ।

‘अब राहत लिन सजिलो भएको छ, वडाध्यक्ष लामिछानेको भनाई उदृत गर्दै नेपाली काँग्रेसका कास्कीका प्रवत्ता नवीन सिग्देलले भने, राहत आवश्यक पर्ने वर्गले सम्वन्धित टोल विकास संस्थासँग समन्वय गरी वडा कार्यालयबाट राहत लिन सक्नु हुनेछ।’

प्रवत्ता सिग्देलले काँग्रेसका सबै इकाइ समितिलाई राहत वितरणमा आवश्यक सहयोग र समन्वय गर्न पार्टीले निर्देशन दिइसकेको बताए ।

Related News

सम्बन्धित समाचार

  • सराङकोटमा तीज मेला हुने

    राष्ट्र न्यूज सम्वाददाता श्रावण ३१, २०७९
    पोखरा, ३१ साउन ।‘लोक कला संस्कृतिको संरक्षण र पर्यटन प्रवद्र्वनमा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ पोखरा – १८ सराङकोटमा…
  • कास्कीमा थपिए ११ हजार मतदाता

    रासस श्रावण २९, २०७९
    कास्की,२९ साउन(रासस) :आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कास्कीमा ११ हजार एक सय ४२ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन…
  • श्री कृष्ण प्रणामी मन्दिरमा रक्षाबन्धन विशेष कार्यक्रम हुँदै

    राष्ट्र न्यूज सम्वाददाता श्रावण २६, २०७९
    पोखरा, २६ साउन । रक्षाबन्धनको अवसरमा पोखरा – ८ रत्नचोकस्थित श्री कृष्ण प्रणामी मन्दिरमा शुक्रबार रक्षाबन्धन विशेष कार्यक्रम हुने भएको…
  • अग्नी ग्रुपको २ एस सर्भिस सेन्टर पोखरामा

    राष्ट्र न्यूज सम्वाददाता श्रावण २३, २०७९
    पोखरा, २३ साउन । पोखरा – ५ पस्र्याङमा २ एस सर्भिस सेन्टर पोखरा अटो वर्कस संचालनमा ल्याइएको छ । नेपालका…
  • आयोजना सकियो पानी आएन

    रासस श्रावण २३, २०७९
    गलकोट, २३ साउन (रासस) ः बागलुङ नगरपालिका–१ माझी बस्तीमा खानेपानीको अभाव भएको छ । माझी बस्तीका स्थानीयले अहिले कालीगण्डकी किनारबाट…