पोखरा, १५ चैत । नेपाली काँग्रेस कास्कीले लकडाउनको समयमा निम्न वर्गका नागरिकमा संकट पर्न थालेको भन्दै सरकारको ध्यानकर्षण गराएको छ ।
लकडाउन चौथो दिनसम्म आइपुग्दा दैनिक ज्यालादारी र मजदुरी गर्नेमा खाद्यान्न संकट सृजना हुन थालेको भन्दै तीन तहैका सरकारको ध्यानाकर्षण गराएको हो ।
कास्की काँग्रेसले अपिलमार्फत् पार्टी सबै इकाईलाई नागरिकमा पर्न थालेको समस्या समाधानमा गम्भिर भएर मानवीय सहयोगका लागि जुट्न पनि निर्देशन छ ।
‘यतिबेला राष्ट्रिय संकट छ, कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ, ‘नागरिकमा पर्न थालेको समस्या समाधानका लागि पार्टीका नेता तथा कार्यकर्ता, शुभेच्छुक, उद्योगी र व्यवसायीलाई आआफ्नै स्थानबाट जुट्न अनुरोध गर्दछु ।’
अपिलमा सरकारले अझैसम्म क्वारेन्टाइन स्थान समेत स्पट गर्न नसकेको र बिरामीको सेवामा खट्ने स्वास्थ्यकर्मीका लागि पर्याप्त मात्रामा पिपिईको व्यवस्था गर्न नसकेकोप्रति ध्यानाकर्षण भएको जनाउँदै तत्काल व्यवस्था गर्न माग गरेको छ ।
Related News
सम्बन्धित समाचार
ढिकुरपोखरी सामाजद्धारा विद्यालय तथा संस्थालाई सहयोग
पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न
कालिका माविको ४२ औँ वार्षिकोत्सवमा ३ जनालाई वर्ष सम्मान
नागीधार महोत्सव सकियो
काँग्रेसको अभियान पोखरा ३३ मा पाँचौ दिन पनि