पोखरा, २८ पुस । राष्ट्रिय महिला अधिकार मञ्च कास्कीको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाले अध्यक्ष कल्पना ढकाल, सचिव विष्णुमाया पौडेल, कोषाध्यक्ष शोभा आचार्यको प्रतिवेदन पारित गरेको छ ।
कार्यक्रममा संस्थाका लागि योगदान गरेको भन्दै कृष्तिकी लक्ष्मी थापा, काँहुकी पार्वती आचार्य , पोखरा ९ की दिलमाया गुरुङ र सिद्वार्थ क्लबलाई सम्मान गरिएको थियो ।
साधारणसभा उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले महिला बहादुर र अनुशासित बन्नुपर्ने बताइन् ।
उनले महिला र पुरुषको समान हैसियत नभएसम्म मुलुक अघि बढ्न नसक्ने बताइन् ।
शहरका प्रतिष्ठित परिवारभित्रका महिला समेत पीडित भैरहेको भन्दै उनले चिन्ता व्यक्त गरिन् । ‘परिवारका सदस्य कोही समाजसेवी छन्, कोही नेता छन्’उनले भनिन्, ‘त्यस्ता परिवारका महिला समेत पीडित छन्।’ उनले महिला आरक्षणबाट नभई प्रतिस्पर्धाबाट माथि उठ्नुपर्ने समय आएको उल्लेख गरिन् ।
पोखरा १८ का वडाध्यक्ष रणबहादुर थापाले काम गर्न खोज्ने कुनै पनि संघसंस्थालाई बजेट अभाव नहुने बताए ।
प्रहरी निरीक्षक कृष्ण बस्यालले लैङ्गिक हिंसाका घटना न्यूनिकरणका लागि मञ्चसँग सहकार्य गर्न सकिने बताइन् ।
सिद्वार्थ क्लबकी कार्यबाहक अध्यक्ष तीर्थ श्रेष्ठले महिला शशक्तिकरणका लागि महिलाहरु आत्मनिर्भर बन्न जरुरी रहेको औल्याइन् ।
नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले महिलाले पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै अवसर दिइनुपर्नेमा जोड दिए ।
त्यस अवसरमा बाल तथा महिला शशक्तिकरण समाज नेपालकी सदस्य इन्दिरा पराजुली, राष्ट्रिय महिला अधिकार मञ्च कास्कीकी पूर्व अध्यक्ष राधा गौतम, पूर्व उपाध्यक्ष लक्ष्मी थापा, पोखरा २५ की वडा सदस्य तारा विकलगायतले बोलेका थिए ।
मञ्चकी अध्यक्ष कल्पना ढकालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दुर्गा बस्नेतले स्वागत र सचिव विष्णुमाया पौडेलले सञ्चालन गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
गर्मीयाम शुरु हुदै छ सवै सचेत हुनुहोस्, रुपामा वन डढेलो नियन्त्रणको पूर्व अभ्यास
ढिकुरपोखरी सामाजद्धारा विद्यालय तथा संस्थालाई सहयोग
हेम्जा आवासीय विद्यालयमा पुरस्कार वितरण कार्यक्रम
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष पुनः भिम
पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न