गणेशमान सिंहलाई साक्षी राखेर चुनावी अभियान प्रारम्भ, कास्की काँग्रेसका सबै चुनावमा

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक २४, २०७६
24

पोखरा,२४ कात्तिक । नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता एवं लौहपुरुष गणेशमान सिंहलाई साक्षी राखेर चुनावी अभियान शुभारम्भ गरेको छ ।

कांग्रेस उम्मेदवार खेमराज पौडेल लगायतले पोखराको नालामुखस्थित गणेशमानको शालिकमा माल्यार्पण गरि अभियान शुभारम्भ गरेका हुन् । संयोगले गणेशमानको १०५ औं जन्मजयन्ती पनि आइतबार नै परेको थियो ।

त्यसपश्चात कांग्रेस उम्मेदवार पौडेलसहित पोखरा–४, ८ र ९ मा घरदैलो कार्यक्रम गरिएको कास्की कांग्रेसले जनाएको छ । कास्की कांग्रेसले पोखरा– ४ मा यज्ञबहादुर थापा, ८ मा विरेन्द्रनारायण विजुक्छे र ९ मा तारानाथ रानाभाटलाई संयोजक तोकेको छ ।

घरदैलोका क्रममा मतदाताका आँगनमा पुगेका उम्मेदवार पौडेललाई मतदाताले गुरु भन्दै सम्मानभाव प्रकट गरेका थिए । कतिपय मतदाताले ‘लामो समयपछि गुरुसंग भेट्न पाइयो, निकै खुशी लाग्यो, विजयको शुभकामना गुरु !’ भन्दै सम्मान गरेका थिए । त्यस अवसरमा नजिकबाट चिनिएका मतदाता र आफूले पढाएका विद्यार्थी भेट्दा उम्मेदवार पौडेल भावुक समेत बनेका थिए ।

पोखरा–८ निवासी उम्मेदवार पौडेलका १ विद्यार्थी ‘गुरुको भार चुक्ता गर्ने अवसर बल्ल प्राप्त भएको छ, म जुनसुकै सहयोग गर्न तयार छु’ भन्दै पाउ छोएका थिए । त्यतिबेला उम्मेदवार पौडेलले ति विद्यार्थीलाई अंगालो हाल्दै भक्कानिएका थिए ।

कास्की काँग्रेसका सबै सदस्य चुनावमा होमिए

नेपाली कांग्रेस कास्कीले आशन्न कास्की २ को चुनाव प्रचार अभियान तीव्र बनाएको छ । जसअन्तर्गत कांग्रेसले पोखराका ११ वटै वडामा संयोजक र वडास्तरीय निर्वाचन परिचालन समिति बनाएर खटाएको छ ।

अभियानकै क्रममा कांग्रेसले आइतबार ११ वटै वडामा चुनाव प्रचारका लागि सम्पर्क कार्यालय शुभारम्भ गर्याे भने पोखरा ४, ८ र ९ बाट घरदैलो अभियान समेत सञ्चालन गरेको छ ।

कांग्रेसले पोखरा ४ मा यज्ञबहादुर थापालाई संयोजक, लक्ष्मी पाण्डेलाई सहसंयोजक तोकेको छ । यसैगरी विजया रेग्मी, दामोदर अधिकारी, उमेश पराजुली, मनवहादुर विक, शकुन्तला कोइराला, डम्वरजंग गुरुङ, प्रकाश मोहन खनाल, शंकर बास्तोला र सुरेन्द्र विजुक्छे समितिको सदस्य रहेका छन् ।

पोखरा–७ मा शुक्रराज शर्मा संयोजक, रंगीला आचार्य सहसंयोजक तोकिएका छन् । समितिको सदस्यमा दुर्गावहादुर सुनार, राधाकृष्ण गुरुङ, भरत बहादुर अधिकारी, अनिता तिमिल्सिना, विष्णुहरि बराल, तोयाबहादुर भट्टराई, सरोजनारायण बराल, विलवहादुर गुरुङ छन् ।

यसैगरी पोखरा ८ मा तारानाथ रानाभाट संयोजक र रामचन्द्र त्रिपाठी सहसंयोजक तोकिएका छन् । समितिमा कृष्ण कार्की, देवेन्द्र कुमार शेरचन, राधा अधिकारी, चन्द्रावती पौडेल, हारुन खान पैठान, ओम वस्नेत, अम्वर बहादुर कार्की, रामजी प्रसाद कोइराला र शारदा गिरी सदस्य छन् ।

यस्तै, पोखरा–९ मा विरेन्द्रनारायण विजुक्छेलाई संयोजक र पदमसिं गुरुङलाई सहसंयोजक तोकेको छ । समितिको सदस्यहरूमा किशोरदत्त बराल, खलिल मियाँ, सुशील भट्टचन, रामराज लामिछाने, विन्दु कुमारी भण्डारी, भीम गौतम र ध्रुव अधिकारी छन् ।

पोखरा–११ मा भने शारदा पौडेल संयोजक बनेकी छन् । समितिको सहसंयोजकमा सुदिपमोहन भट्टराई र सदस्यहरूमा मुकुन्द ज्वाला वास्तोला, विष्णुवहादुर क्षेत्री, ओमप्रकाश गुरुङ, प्रेमवहादुर तामाङ, मोहन बाँस्तोला, सुनिल गुरुङ, चन्द्र प्रकाश थापा मगर सदस्य रहेका छन् ।

कांग्रेसले पोखरा–१५ मा विन्दादेवी रानालाई संयोजक बनाएर खटाएको छ । उक्त समितिको सहसंयोजकमा पोषनाथ शर्मा रहेका छन् । समितिको सदस्यमा ऋषिराम काफ्ले, खेमकुमारी बराल, परशुराम वि.पोख्रेल, मिनबहादुर गिरी, शंकर ढुंगाना, यज्ञश्वर पोखरेल, पुष्प पराजुुली, डम्वर बहादुर थापा र गीता भण्डारी छन् ।

यसैगरी पोखरा–१६ मा कुमार खडका संयोजक र सहसंयोजकमा विजयराज आचार्य रहेका छन् । समितिको सदस्यमा वावुराम आचार्य, मदन बहादुर केसी, पुष्पेन्द्र पाण्डे, ज्ञानबहादुर कार्की, जीतबहादुर बस्नेत र सुवर्णजंग केसी रहेका छन् ।

यता, पोखरा–१७ मा भने पार्टी सभापति कृष्ण केसी आफै संयोजक बनेर खटिएका छन् । उनलाई सहसंयोजकको रुपमा निर्मल प्रसाद कर्माचार्यले साथ दिएका छन् । सभापति केसीको नेतृत्वमा युवक लामिछाने, नारायण कुमार श्रेष्ठ, गौरी सापकोटा, नम्रता वराल, पुण्डरी प्रसाद वराल, कृष्णप्रसाद कोइराला, माधव प्रसाद बराल, रोकबहादुर गुरुङ र विश्वमोहन पौडेल सदस्य छन् ।

यसैगरी पोखरा २० मा विन्दुकुमार थापा संयोजक र दिपक गुरुङ सहसंयोजक बनेर खटिउका छन् । समितिमा वुद्धिमान गुरुङ, सरस्वती गुरुङ, भवसागर बराल, वल्लभ केसी, माया बराल र खेम गुरुङ सदस्य छन् ।

कांग्रेसले पोखरा–२१ मा गुरु बराललाई संयोजक र गिरीराज गौतमलाई सहसंयोजकको जिम्मेवारी दिएको छ । समितिमा तारादेवी अधिकारी, डा.रामचन्द्र पोखरेल, तिलक रानाभाट, धु्रव रायमाझी, लक्ष्मण पहारी, दिनेश पौडेल, रणबहादुर कार्की, नारायण पौडेल, दिपेन्द्रराज आचार्य, धर्मराज सुवेदी, ढकबहादुर खत्री, राधाकृष्ण तिवारी सदस्य छन् ।

पोखरा–३३ मा जीवन परियारलाई संयोजक र केशर प्रसाद निर्दोषीलाई सहसंयोजकको जिम्मेवारी दिइएको छ । यस वडामा राजेन्द्रमणि लामिछाने, रामवावु भण्डारी, कुमार सुनार, शरदराज सुवेदी, प्रेमकुमार श्रेष्ठ, मुराहरी कोइराला, शान्ता खनाल, शिवराज अधिकारी, चन्द्रबहादुर पुन, रामबहादुर पुन, दिनेश आचार्य, रन्जना बराल, लक्ष्मी पौडेल, सन्तबहादुर थापा समितिको सदस्यको रुपमा खटिएका छन् ।

चुनाव परिचालन कार्यालय स्थापना

नेपाली कांग्रेसले उपनिर्वाचनका लागि पोखराका ११ वटै वडामा चुनाव परिचालन कार्यालय स्थापना गरेको छ । आइतबार बिहान ११ वटै वडामा एकैसाथ कार्यालय उद्घाटन गरिएको हो ।

यसैक्रममा पोखरा–७ मा पनि चुनाव प्रचारप्रसारको कार्यालय उद्घाटन गरिएको छ । कार्यालय उद्घाटन गर्दै कांग्रेस नेता एवं चुनाव प्रचार संयोजक शुक्रराज शर्माले कम्युनिस्टका कारण मुलुक बर्बाद भएको बताए ।

वडा इकाई सभापति नवीन बरालको सभापतित्वमा भएको कार्यक्रममा महाधिवेशन प्रतिनिधि गुरु बराल, जिल्ला सहसचिव रंगिला आर्चाय र युवा नेता अनन्त पण्डितले बोलेका थिए ।

उक्त अवसरमा चुनाव प्रचारका लागि २०७ सदस्यीय समिति समेत गठन गरिएको छ । समितिको संयोजकमा सभापति बराल छन् । जसअन्तर्गत आर्थिक संकलनमा प्रदीपराज बराल, कार्यालय व्यवस्थापनमा अनन्त पण्डित, बुद्धिजीवि परिचालनमा सूर्य भण्डारी, पूर्व कर्मचारी समन्वयमा मातृकाराज घिमिरे, महिला समन्वयमा मनमाया बराल, युवा समन्वयमा थानेश्वर बराल, जनजाति समन्वयमा प्रवीन गुरुङ, टोल विकास संस्था समन्वयमा राममोहन आचार्य, मिडियामा दुर्गा अधिकारी र दलित समन्वयमा रुद्रबहादुर सुनार संयोजक छन् ।

यसैगरी सल्लाहकार समितिमा शोभाचन्द्र बराल, विष्णुहरि बराल, सरोजनारायण बराल, ठाकुर प्रसाद बराल, तोयबहादु भट्टराई, रंगीला आचार्य, शशीधर शर्मा र गणेश थापा छन् ।

यस्तै, क्षेत्रगत समिति अन्तर्गत नुवारथोक क्षेत्रमा दामोदर बराल, मासबार क्षेत्रमा नरेशप्रसाद बराल, ढाड क्षेत्रमा झलकप्रसाद रिमाल र घारीपाटन क्षेत्रमा पूर्णबहादुर गुरुङलाई संयोजक तोकिएको छ ।

यसैगरी पोखरा–३३ मा पनि कार्यालय उद्घाटन गरिएको छ । उक्त कार्यालय पार्टीका केन्द्रीय सदस्य एवं निर्वाचन संयोजक जीवन परियारले गरेका हुन् ।

उक्त अवसरमा नेता परियारले जनताले पटक पटक कम्युनिष्टलाई मत दिएर झनै दुःख पाएको भन्दै यस पटक कांग्रेसलाई मत दिन आग्रह गरे । उनले वाइडबडीको भ्रष्टाचारको १÷१ रुपैयाँ हिसाब माग्नुपर्ने खाँचो औंल्याए ।

कार्यक्रममा नेता केशरप्रसाद निर्दोषी, महाधिववेशन प्रतिनिधि कुमार सुनार, नगर सहसंयोजक राजेन्द्रमणि लामिछाने, जिल्ला सदस्य विन्दु भण्डारी, नगर सचिव शिवराज अधिकारी, नेता विष्णु पौडेल र दिनेश आचार्यले कांग्रेसलाई जिताउन सक्रियताका साथ लाग्नुपर्ने खाँचो औंल्याए । वडासभापति रामचन्द्र पौडेलको सभापतित्वमा भएको कार्यक्रममा स्वागत भोजराज आचार्यले र सञ्चालन सचिव माधव प्रसाद चापागाइँले गरेका थिए ।

उक्त अवसरमा चुनाव प्रचार प्रसारका लागि समिति समेत बनाइएको छ । समितिको संयोजकमा परियार छन् भने केशर प्रसाद निर्दोषीलाई सहसंयोजक छन् । वडामा राजेन्द्रमणि लामिछाने, रामवावु भण्डारी, कुमार सुनार, शरदराज सुवेदी, प्रेमकुमार श्रेष्ठ, मुराहरी कोइराला, शान्ता खनाल, शिवराज अधिकारी, चन्द्रबहादुर पुन, रामबहादुर पुन, दिनेश आचार्य, रन्जना बराल, लक्ष्मी पौडेल, सन्तबहादुर थापा समितिको सदस्यको रुपमा खटिएका छन् ।

यस्तै अर्थ संकलनका लागि भोजराज आचार्य, भातृ संस्था समन्वयमा विष्णु पौडेल, टोल विकास समन्वयमा रामचन्द्र अधिकारी, अनुगमनमा दिनेश आचार्य र मनिटरिङमा चेतबहादुर महतलाई जिम्मेवारी दिइएको वडा सभापति रामचन्द्र पौडेलले जानकारी दिए ।

महिला संघ पनि चुनावमा

 नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघ कास्की पनि उपनिर्वाचनमा सक्रिय भएको छ ।

यसका महिला संघले जिल्ला सभापति कोपिला रानाभाटको संयोजकत्वमा १७ सदस्यीय मूल समिति र २ हजार १३३ सदस्यीय चुनाव प्रचार समिति गठन गरेको छ । संघको शनिबार आयोजित भेलाले उक्त समिति निर्माण गरेको थियो ।

समितिमा सांसद विन्दादेवी राना, पूर्व सांसद शारदा पौडेल, पूर्व सांसद कृष्णकुमारी परियार सदस्य छन् । यसैगरी महिला नेतृहरू तारा अधिकारी, सरस्वती गुरुङ, क्षेत्रीय सभापतिहरू अप्सरा श्रेष्ठ, ईन्द्रमाया बानियाँ, शारदा गिरी, खेमकुमारी गुरुङ, नगरसभापति माया बराल, र लक्ष्मी पौडेल पनि सदस्य रहेका छन् ।

समितिमा संघका महाधिवेशन प्रतिनिधि, क्षेत्रीय समिति, जिल्ला समितिका पदाधिकारी एवं सदस्यहरूका साथै सबै क्रियाशील सदस्य समितिमा रहेको संघकी सभापति एवं निर्वाचन संयोजक रानाभाटले जानकारी दिइन् ।

भेला सांसद विन्दादेवी रानाले महिलाहरूलाई सक्रिय बनाएर कांग्रेसको पक्षमा चुनावी माहोलद बनाउनुपर्नेमा जोड दिइन् । उनले मुलुकमा ठूला भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाम जोडेर आउने उम्मेदवारलाई भोट नदिन आह्वान गर्नुपर्ने समेत बताइन् ।

संघकी सभापति कोपिला रानाभाटको सभापत्विमा भएको भेलामा सांसद रानाले नेपालको सनातन धर्म, संस्कार, संस्कृति र रीरितरिवाज कुल्चने व्यक्तिलाई जनताले राम्रोसंग चिनेको बताइन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै