पोखरा, १५ कात्तिक । पोखरा १० शिवचोकस्थित एकता क्लबको २९ औं साधारणसभा तथा १५ औं अधिवेशनले अध्यक्षमा एकबहादुर केसीलाई निरन्तरता दिएको छ ।
समितिको उपाध्यक्ष बद्रिनाथ घिमिरे, सचिव वीरेन्द्रकुमार थापा, कोषाध्यक्ष पञ्चकुमार गुरुङ छन् । सदस्यमा राजेन्द्र थापा, केदार श्रेष्ठ, नवीन केसी, गौप्रसाद गुरुङ, भगवती राणा, इन्दिरा थापा, कल्पना केसी, गोमा रायमाझी, शान्ता श्रेष्ठ, गीता केसी र नारायण श्रेष्ठ छन् ।
साधारणसभाले सचिव वीरेन्द्रबहादुर थापाको वार्षिक र कोषाध्यक्ष पञ्चकुमार गुरुङको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
त्यस अवसरमा क्लबलाई सहयोग पु¥याउने नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल, तिलकुमारी गुरुङ, नारायण श्रेष्ठ, नवीन केसी र औद्योगिक क्षेत्र प्रहरी बिटलाई सम्मान गरिएको थियो ।
साधारणसभा उद्घाटन गर्दै राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले राष्ट्र निर्माणका लागि जनसहभागिता जरुरी भएको बताए । उनले सामाजिक संघसंस्था समाज उन्नयनमा जुट्नुपर्ने औल्याए ।
पोखरा १० का वडाध्यक्ष राजकुमार गुरुङले स्थानीय आवश्यकता पूरा गर्न वडा कार्यालय लागिपरेको उल्लेख गरे ।
समाजसेवी विश्व सिग्देलले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै चुनौति र अवसर दुवै सृजना हुने भन्दै पोखरा १०,१३ र १४ का वडावासिले एयरपोर्ट सिटी बनाउनका लागि दबाब सृजना गर्नुपर्ने औल्याए ।
त्यस अवसरमा सल्लाहकार संयोजक विश्वबन्धु थापा, कानूनी सल्लाहकार विश्व घिमिरे, कुँडहर बचत तथा ऋण सहकारी संस्थाका सचिव शिवप्रसाद बराल, समाजसेवी भरत केसी लगायतले बोलेका थिए ।
एकता क्लबका अध्यक्ष एकबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य गोमा रायमाझीले स्वागत र उपाध्यक्ष बद्रिनाथ घिमिरेले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
छ महिनामा पूजिगततर्फ औसत १५ प्रतिशत मात्रै खर्च
गण्डकी प्रदेश सभा सदस्य बराललाई पितृशोक
सुजुकीका “द ग्राण्ड भिटारा” र नयाँ “ब्रेजा” गाडी पोखरामा सार्वजनिक
महिला दिवसमा गृह श्रमिक संघ कास्कीको विविध कार्यक्रम
मर्दीखोला शैक्षिक प्रतिष्ठानद्वारा ५ लाख बराबरको छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण