पोखरा, ३ असोज । पोखरा १३ स्थित सिग्देल मार्ग टोल विकास संस्थाले तिहार, छट, इद र ल्होसारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
सांदीपन प्रि स्कूलमा आयोजित कार्यक्रममा संस्थाका सदस्य, शुभेच्छुक र स्थानीय सहभागी थिए । कार्यक्रममा बोल्दै पृग्वीधर सिग्देल समाजका अध्यक्ष कृष्णप्रसाद सिग्देलले चाडपर्वले एकता, सद्भाव र सहकार्यको विकास गर्ने विश्वास व्यक्त गरे ।
पोखरा १३ का वडा सदस्य टंकप्रसाद भट्टराईले विकासका लागि सबै हातेमालो गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा समाजसेवी प्रकाश सिग्देल, नेकपा युवा संघका केन्द्रीय सदस्य पूर्ण लामा, नेपाल परिवार नियोजन संघका केन्द्रीय सदस्य अर्जुन सिग्देल, राइजिङ स्टार एकेडेमीका अध्यक्ष ज्ञानबहादुर कार्की, अभिभावकको तर्फबाट सत्यदेवी खनाल, बाल संरक्षण समितिकी अध्यक्ष सुनिता गोतामे लगायतले बोेलेका थिए ।
त्यस अवसरमा सांदीपन प्रि स्कूलले हालै गठित पृथ्वी बाल क्लब र बाल संरक्षण समितिका पदाधिकारी एवं सदस्यहरुलाई सम्मान गरेको थियो ।
विद्यालय सञ्चालक नवीन सिग्देल, सपना पोखरेल, शिक्षक शान्ति पाण्डे क्षेत्री र अनिता नेपालीले उनीहरुलाई खादा, पुष्पगुच्छा र अविर लगाइदिएर सम्मान गरेका थिए ।
संस्थाका अध्यक्ष रुद्रनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सांदीपन प्रि स्कूलका संचालक नवीन सिग्देलले स्वागत र संस्थाका सचिव निलकण्ठ सिग्देलले कार्यक्रम सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
शिवशक्ति क्याम्पसको ३१ औं वार्षिकोत्सव तथा १५ औं साधारण सभा
छ नम्बर वडावासिद्वारा महानगरलाई पाँच बुँदे ज्ञापनपत्र
दोलखा पोखरा मिलन समाजको अध्यक्षमा खड्का
दक्ष जनशक्ति उत्पादनका लागि होटल संघ र हेल्भेटासको सहकार्य
नेपाल विद्युत प्राधिकरणको वार्षिकोत्सवमा रक्तदान