पोखरा, १२ असोज । विजयादशमी, दिपावली, नेपाल सम्वत्, इद र छठ पर्वको अवसरमा बगर व्यवसायी कल्याणकारी समितिले शनिवार शुभकामना आदनप्रदान कार्यक्रम गरेको छ ।
कार्यक्रममा व्यवसायी र शुभेच्छुकको सहभागिता रहेको थियो । त्यस अवसरमा पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले सबै व्यवसायीको हित हुने गरी संस्थाप्रतिको आकर्षण बढाउनुपर्ने उल्लेख गरे ।
पोखरा उद्योग वाणिज्य संघका सदस्य केशव खत्रीले व्यवसायप्रति राज्य अनुदार बनिरहेको बताए ।
संघका अर्का सदस्य बलराम आचार्यले बगर पोखराको पुरानो बजार क्षेत्र भएको बताए ।
कार्यक्रममा नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल, पोखरा उद्योग वाणिज्य संघका सदस्य रुद्रप्रसाद लुइटेल, साँघुकोमुख महेन्द्रपुल व्यवसायी समितिका अध्यक्ष सूर्यराज त्रिपाठी, सर्वेश्वर व्यवसाय समितिका अध्इक्ष एकनारायण पनेरु, संस्थाका सल्लाहाकार दिननाथ सुवेदी, अग्रज व्यवसायीहरु पुरषोत्तम श्रेष्ठ र दिलबहादुर गुरुङले बोलेका थिए ।
समितिका अध्यक्ष विष्णु बास्तोलॉप्रकाश’ को अध्यक्षतमा भएको कार्यक्रममा उपाध्यक्ष बलराम भण्डारीले स्वागत र सचिव कमलप्रसाद सुवेदीले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
ढिकुरपोखरी सामाजद्धारा विद्यालय तथा संस्थालाई सहयोग
पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न
कालिका माविको ४२ औँ वार्षिकोत्सवमा ३ जनालाई वर्ष सम्मान
नागीधार महोत्सव सकियो
काँग्रेसको अभियान पोखरा ३३ मा पाँचौ दिन पनि