पोखरा, ३१ भदौं । माछापुच्छ«े गाउँपालिका वडा १ का वडाध्यक्ष वीरेन्द्र गुरुङ र तरुण दलका विपुल शर्मालाई पक्राउ गरिएकोमा नेपाली काँग्रेस कास्कीले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
कास्की काँग्रेसका कार्यवाहक सभापति आइबहादुर गुरुङले मंगलबार जारी गरेको विज्ञप्तिमा पक्राउ गरिएकालाई तत्काल बिना सर्त रिहा गर्न माग गरेका छन् ।
वडाअध्यक्ष वीरेन्द्र गुरुङ, अध्यक्षका प्रत्यासि उम्मेद्वार खुशीमान गुरुङ, वडा नं. ८ का प्रत्यासी वडाध्यक्षका उम्मेद्वार रामबहादुर गुरुङ, नेपाली काँग्रेस क्षेत्र नं. ३ का सहसचिव राजाराम पौडेल सहित ४०÷५० जनालाई गाउँपालिका तोडफोड गरेको आरोप लगाइएकोमा आपत्ति जनाइएको छ ।
‘माछापुच्छ«े गाउँपालिकाका गतिविधिप्रति काँग्रेसका तर्फबाट ध्यानाकर्षण गराउदा बेवास्ता गरेपछि भदौ २५ गते सूचनाको हक सम्बन्धी संविधान प्रदत्त अधिकार प्रयोग गरी निवेदन सहित साथीहरु गाउँपालिका गएको विज्ञप्तिमा उल्लेख छ ।
गाउँपालिकाका अध्यक्ष २ महिनाका लागि विदेश भ्रमणमा रहेकाले कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहेकी उपाध्यक्षलाई सूचनाको लागि आएको जानकारी दिदा सभाहलमा बस्न भनेको र ३ घण्टा बढी कुर्दा पनि नआएपछि पुनः बोलाएर छलफल गरी ७ दिन भित्र गाउँपालिकाका सम्पूर्ण सूचना उपलब्ध गराउने भनी सहमतिका साथ छलफल टुङ्गिएको विज्ञप्तिमा जनाइएको छ ।
तर २ दिन पछि एकाएक गाउँपालिका कार्यवाहक अध्यक्षको नामबाट माछापुच्छ«े गाउँपालिकामा तोडफोड भएको भन्दै राजनैतिक प्रतिशोध लिइएकोप्रति विज्ञप्तिमा गम्भीर आपत्ति प्रकट गरिएको छ ।
‘जनताकोतर्फबाट गाउँपालिकाका गतिविधि बारेमा सूचना माग्न जाँदा अपमानका साथ तोडफोडको वाहनारची धरपकट र पक्राउ गर्नु अत्यन्तै निन्दनीय र खेदजनक विषय हो’–विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा गाउँपालिकामा भएका आर्थिक अनियमितता, लाखौ लाख बेरुजु र विकास निर्माणमा भएको ढिलासुस्ती जस्ता जनताका सरोकारका विषयलाई हल्का रुपमा लिएर २ तिहाईको दम्भले उल्टै जनप्रतिनिधिलाई पक्राउ गरी संवाद सहमतिको बाटो अवरुद्ध गर्ने प्रयासप्रति आपत्ति प्रकट गरिएको छ ।
काँग्रेसको सदासयतालाई बेवास्ता गरी तत्काल रिहा नगरे कडाभन्दा कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिदै त्यसबाट उत्पन्न सम्पूर्ण परीणामको जिम्मेवारी सम्वन्धित निकायले लिनुपर्ने स्पष्ट पारिएको छ ।
विज्ञप्तिमा विकास निर्माण र जनताको आवश्यकता पूरा गर्न काँग्रेसले सहयोग, समर्थन गरेको र राज्यको सम्पत्ति दलविशेष कार्यकर्ताको पहुँचमा राखिएकोमा काँग्रेसले विरोध जनाउदै आएको उल्लेख छ ।
Related News
सम्बन्धित समाचार
हेमजामा महिला सिप विकास तथा क्षमता अभिवृद्धि तालिम
पोखरा महोत्सवमा ज्योति मगरको प्रस्तुतिमा झुमे दर्शक
नेदा तमु सेवा समाज पोखराको आठौं वार्षिकोत्सव
पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान
माघ ४ देखि नागीधार महोत्सव
Archives
Archives