पोखरा ,१ भदौ । नेपाल वन पैदावार उद्योग व्यवसायी संघ कास्कीले वृक्षरोपण गरेको छ ।
संघले वार्षिक कार्यक्रम अन्तर्गत पोखरा रगंशालामा ३३ वटा बिरुवा रोपेको कार्यक्रम संयोजक दयाशंकर गौतमले जानकारी दिए ।
डिभिजन वन कार्यालय पोखराका प्रमुख रामकाजी श्रेष्ठले वृक्षरोपण गरी कार्यक्रम शुभारम्भ गरेका थिए ।
कार्यक्रममा उनले वृक्षरोपण गर्दा बिरुवा कसरी लगाउने र कत्तिको ठूलो खाडल बनाउनु पर्छ त्यस विषयमा ज्ञान हुनुपर्ने उल्लेख गरे । उनले व्यवसायलाई आधुनिकिकरण गरी अघि बढ्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले वृक्षरोपणका लागि रगंशाला रोजेकोमा खुशी व्यक्त गरे ।
नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका केन्द्रीय सल्लाहाकार शिवप्रसाद पराजुलीले बिरुवा काट्ने मात्र नगरेर नयाँ बिरुवा रोप्ने र जोगाउनु पर्ने आवश्यकता औल्याए ।
पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष बिन्दु कोइराला सुवेदीले रगंशालाको सौन्दर्यका लागि समेत रगंशालामा गरिएको वृक्षरोपण महत्वपूर्ण हुने बताइन् ।
संघका अध्यक्ष गोविन्दबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विष्णु बरालले स्वागत र सचिव रेशम ज्ञवालीले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
अन्तरविद्यालय हाजिरजवाफ प्रतियोगितामा चिल्ड्रेन्स एकेडेमी प्रथम
एन प्याव्सनको अन्तरविद्यालय हाजिरजवाफ प्रतियोगिता शुरु
करेन्ट लगाएर माछा मार्ने क्रममा तामाङको मृत्यु
गुरुङ भाषाको चलचित्र ‘शिरसुबा’ को विशेष प्रदर्शन हुने
प्रधानमन्त्री ओली पोखरा आउँदै