पोखरा, २८ साउन । पोखरा भाडा व्यवसायी संघको १२ औं स्थापना दिवस एवं १३ औं साधारणसभाको पूर्वसंन्ध्यामा खुल्ला रक्तदान कार्यक्रम गरिएको छ ।
पोखराको वीपी चोकमा आयोजित रक्तदानमा ५८ युनिट रगत संकलन भएको छ । पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले सात जना महिला रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेकी थिइन् ।
कार्यक्रममा उपमेयर गुरुङले महानगरपालिका व्यावसायिको साथमा रहेको बताइन् । उनले सबै क्षेत्रले सामाजिक उत्तरदायित्व वहन गर्नुपर्नेमा जोड दिइन् ।
त्यसअवसरमा पोखरा ९ का वडाध्यक्ष रामराज लामिछाने, ३ का वडाध्यक्ष रविन्सन प्रजु, पोखरा उद्योग वाणिज्य संघका सदस्य रामेश्वर अधिकारी, नेपाल रेडक्रस सोसाईटी कास्कीका उपसभापति कृष्ण तिमिल्सिना, प्रहरी निरीक्षक चन्द्रा गुरुङ, संघका सल्लाहकार कुश कार्की, पुरुषोत्तम श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, निवर्तमान अध्यक्ष डीबी भुजेल र कार्यक्रम संयोजक रञ्जना मानन्धर लगायतले बोलेका थिए ।
संघका अध्यक्ष बलराम तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष नरेन्द्र आचार्यले स्वागत, सचिव लक्ष्मीप्रसाद अधिकारी र सहकोषाध्यक्ष सूनकुमारी गुरुङले संयुक्त रुपमा कार्यक्रम संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
महिला दिवसमा गृह श्रमिक संघ कास्कीको विविध कार्यक्रम
मर्दीखोला शैक्षिक प्रतिष्ठानद्वारा ५ लाख बराबरको छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण
महाकाव्यकार चालिसेको मैले देखेको पोखरा लोकर्पण
नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघको स्थापना दिवस
१३ औं रुपा तालबेसी फागु महोत्सव हुने