पोखरा, ११ साउन । १२ औं वार्षिकोत्सवको अवसरमा पोखरा भाँडा व्यवसायी संघ कास्कीले पोखरा २४, कास्कीकोटस्थित सिद्व बराह आधारभूत विद्यालयलाई सहयोग गरेको छ ।
संघले शैक्षिक तथा खेलकुद सामग्री सहित चम्चा, गिलास, जग गरी करीब ४० हजार मूल्य बराबरको सहयोग गरेको हो । संघले सामाजिक उत्तरदायित्व अन्तर्गत वर्षेनी सहयोग गर्दै आइरहेको छ ।
कार्यक्रममा संघका सल्लाहाकार कुश कार्कीले संघले व्यवसायिक हितसँगै सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै महत्व दिएको बताए । उनले व्यावसायीले समाजको आवश्यकता बुझी त्यसै अनुरुप सहयोग गर्ने उल्लेख गरे ।
नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले राजनीतिक व्यवस्था परिवर्तन भएपनि जनताको व्यथा र आवश्यकता जस्ताको तेस्तै रहेको उल्लेख गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सुबेदीले विद्यार्थीका लागि पोशाक आवश्यक रहेकाले अन्य दातासँगबाट सहयोग जुटाईदिन आग्रह गरे ।
कार्यक्रममा पोखरा २४ वडासदस्य सन्तु सुबेदी, विद्यालयका प्रधानाध्यापक भोलानाथ अधिकारी लगायतले बोलेका थिए ।
संघका अध्यक्ष बलराम तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक प्रथम उपाध्यक्ष नरेन्द्रप्रसाद आचार्यले स्वागत र सचिव लक्ष्मीप्रसाद अधिकारीले संचालन गरेका थिए ।
त्यस अवसरमा संघका सल्लाहाकार राजमान ताम्राकारले आफ्नो व्यक्तिगत तर्फबाट नर्सरीका विद्यार्थी स्पर्श चपाईलाई विद्यालय पोशाक र जुत्ताकालागि २ हजार ५ सय रुपैयाँ सहयोग गरेका थिए ।
संघले वार्षिकोत्सवको अवसरमा साउन २५ गते शनिवार पोखराको बीपी चोकमा रक्तदान कार्यक्रम गर्न लागेकाले सहभागिताका लागि अनुरोध गरेको छ । संघले छिट्टै सहकारी संचालन ल्याउने तयारी पनि गरेको छ ।
Related News
सम्बन्धित समाचार
महिला दिवसमा गृह श्रमिक संघ कास्कीको विविध कार्यक्रम
मर्दीखोला शैक्षिक प्रतिष्ठानद्वारा ५ लाख बराबरको छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण
महाकाव्यकार चालिसेको मैले देखेको पोखरा लोकर्पण
नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघको स्थापना दिवस
१३ औं रुपा तालबेसी फागु महोत्सव हुने