पोखरा, ५ श्रावण । पोखराको काजीपोखरीमा रहेको कालिका बहुमुखी क्याम्पसको प्रमुखमा रवीन्द्रनाथ बाँस्तोला नियुक्त भएका छन् ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा सांसद सूर्यबहादुर केसीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले बाँस्तोलालाई आगामी कार्यकालको लागि क्याम्पस प्रमुख बनाउने सर्वसम्मत निर्णय गरेको हो । क्याम्पसका नियमावली अनुसार उनको कार्यकाल ४ बर्षको हुनेछ ।
पोखरा ११ फूलबारी निवासी बाँस्तोलाले विगत २२ बर्षदेखि प्राध्यापन गर्दै आएका थिए ।
सामुदायिक क्याम्पसहरुको हकहितको पक्षमा विभिन्न योगदान दिएका बाँस्तोला प्राध्यापक संघ कालिका क्याम्पसका अध्यक्ष, नेपाल पब्लिक क्याम्पस संघ कास्कीका उपाध्यक्ष तथा सुनास कास्कीको सचिव पदमा पनि कार्यरत रहेका छन् ।
कालिका बहुमुखी क्याम्पसमा यस अघि बालाकृष्ण शर्माले प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
शुक्रबार बसेको क्याम्पस सञ्चालक समितिको बैठकले उनले सफलतापूर्वक कार्यकाल पूरा गरेकोमा धन्यबाद दिने प्रस्ताव पनि पारित गरेको छ ।
०४८ सालमा स्थापना भएको कालिका बहुमुखी क्याम्पसमा हाल स्नातकोत्तर तहसम्म अध्यपन भैरहेको छ भने १ हजार दुईसय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।
नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष समेत रहेका बाँस्तोला हिमदूत राष्ट्रिय दैनिकका सम्पादक र यस दैनिकको सञ्चालक संस्था हिमदूत मिडिया प्रालिका अध्यक्ष, रेडियो तरङ्ग १०७.६ मेगाहर्जको सञ्चालक संस्था तरङ्ग प्रालिका पनि अध्यक्ष रहेका छन् ।
Related News
सम्बन्धित समाचार
महिला दिवसमा गृह श्रमिक संघ कास्कीको विविध कार्यक्रम
मर्दीखोला शैक्षिक प्रतिष्ठानद्वारा ५ लाख बराबरको छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण
महाकाव्यकार चालिसेको मैले देखेको पोखरा लोकर्पण
नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघको स्थापना दिवस
१३ औं रुपा तालबेसी फागु महोत्सव हुने