नेल्टाको तालिम सकियो

राष्ट्र न्यूज सम्वाददाता
श्रावण ३, २०७६
nelta

पोखरा, ३ साउन । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) केन्द्रीय कार्य समितिको आयोजना तथा पशु सेवा तालिम केन्द्र पोखराको संयोजनमा आयोजित पशु प्रजनन् तथा कृत्रिम गर्भाधान तालिम सम्पन्न भएको छ ।

दुई हप्तासम्म चलेको तालिममा विभिन्न जिल्लाका १५ जना सहभागी थिए ।

तालिम समापनमा प्रमाणपत्र वितरण गर्दै पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. मनबहादुर पुनले रुची र जाँगर हुने मानिस मात्रै सफल हुन बताए । उनले सीप हुनेले कहिल्यै पनि दुःख पाउन नपर्ने उल्लेख गरे ।

राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखराका प्रमुख डा. नारायण शर्माले पशु स्वास्थ्य प्राविधिकले कृषकलाई समृद्व बनाउने गरी सेवा प्रदान गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा पशु सेवा तालिम केन्द्र पोखराका प्रमुख दीर्घनाथ ढुङ्गाना, वरिष्ठ तालिम अधिकृत गृष्म न्यौपाने, नेल्टाका महासचिव सुरेशकुमार श्रेष्ठ, नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका वरिष्ठ पशु चिकित्सक डा. शोभा शर्मा र सहभागीकोतर्फबाट होमबहादुर अधिकारी लगायतले बोलेका थिए ।
त्यस अवसरमा सरुवा भई आएका पशु सेवा तालिम केन्द्र पोखराका प्रमुख दीर्घनाथ ढुङ्गाना, राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखराका प्रमुख डा. नारायण शर्मा, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका वरिष्ठ पशु चिकित्सक डा. शोभा शर्मालाई स्वागत गर्नुको साथै नेपाल प्रेस युनियन कास्कीको अध्यक्षमा निर्वाचित भएको नवीन सिग्देलाई सम्मान गरिएको थियो ।

नेल्टा कास्कीका अध्यक्ष ठगेन्द्रप्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य सहदेव पौडेलले स्वागत र अर्का केन्द्रीय सदस्य डिल्लिराम रेग्मीले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै