पोखरा, ३ साउन । नेपाल ट्रेड युनियन काँग्रेस कास्कीको छैटौं अधिवेशनपछिको प्रथम जिल्ला परिषद् साउन ४ गते हुने भएको छ ।
परिषद्को सम्पूर्ण तयारी पूरा भएको ट्रेड युनियन काँग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारीले जानकारी दिए ।
परिषद्मा ट्रेड युनियन काँग्रेस कास्कीसँग आवद्व संघ÷संस्थाबाट ४÷४ जना र प्रतिष्ठानका अध्यक्ष सहभागी हुने छन् ।
परिषद्मा साङ्ठनीक गतिविधि ,योजना, भावि कार्यक्रम र आर्थिक प्रतिवेदनमाथि छलफल हुने छ । त्यस्तै, ट्रेड युनियन काँग्रेस कास्कीको जिल्ला युवा समिति र महिला समिति पनि गठन हुने छ ।
पोखरा उद्योग वाणिज्य संघमा हुने परिषद् नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले उद्घाटन गर्नेे सचिव रुद्र तिमिल्सिनाले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
शिवशक्ति क्याम्पसको ३१ औं वार्षिकोत्सव तथा १५ औं साधारण सभा
छ नम्बर वडावासिद्वारा महानगरलाई पाँच बुँदे ज्ञापनपत्र
दोलखा पोखरा मिलन समाजको अध्यक्षमा खड्का
दक्ष जनशक्ति उत्पादनका लागि होटल संघ र हेल्भेटासको सहकार्य
नेपाल विद्युत प्राधिकरणको वार्षिकोत्सवमा रक्तदान