कास्की काँग्रेसद्वारा गिरफ्तार विद्यार्थी रिहा गर्न माग

Avatar राष्ट्र न्यूज सम्वाददाता
श्रावण १, २०७६
42044712_10217344373508381_4507669297862017024_n

नेपाली काँग्रेस कास्कीले मङ्गलवार विज्ञप्ति प्रकाशित गरी प्रहरीले गिरफ्तार गरेका नेपाल विद्यार्थी संघका विद्यार्थी नेतालाई तत्काल रिहा गर्न माग गरेको छ ।

कास्की काँग्रेसका सभापति कृष्ष्ण केसीद्वारा हस्ताक्षरीत विज्ञप्तिमा शान्तिपूर्ण प्रदर्शन गरेका विद्यार्थीलाई कुटपिट र गिरफ्तार गर्नु निन्दनिय भएको उल्लेख छ ।

विज्ञप्तिमा गिरफ्तार विद्यार्थी नेताहरु टेनिस श्रेष्ठ, फिरोज सुबेदी, निश्चल पाण्डे, नन्दलाल सापकोटा, विकास रानाभाट र राजीव भण्डारीलाई तत्काल रिहा गर्न माग गरिएको छ ।

साथै विज्ञप्तिमा प्रहरीको कुटपिटबाट घाइते भएका विद्यार्थी नेताहरु पशुपति भट्टराई, दिपेन्द्र गौतम, सन्देश क्षेत्री, ध्रुवराज अधिकारी र गौरव बरालको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।

पोखराको इन्जिनियरिङ कलेज फिर्केमा नेवि संघले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो ।

त्यस्तै, नेवि संघका केन्द्रीय सदस्य भानु ढकालले पनि गिरफ्तार विद्यार्थी रिहा गर्न माग गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • कोरोना उपचारमा खटिने रित्तै, अन्यले लिए भत्ता

    Avatar राष्ट्र न्यूज सम्वाददाता फागुन १०, २०७७
    काठमाडौँ — कोरोना संक्रमितको उपचारमा संलग्न देशभरका स्वास्थ्यकर्मी सरकारले तोकेको जोखिम भत्तासमेत नपाएको भन्दै आन्दोलनमा छन् । स्वास्थ्य मन्त्रालयका पदाधिकारी र…
  • लायन्स क्लबद्वारा वृक्षरोपण

    Avatar राष्ट्र न्यूज सम्वाददाता श्रावण ४, २०७७
    पोखरा, ४ साउन । लायन्स क्लब अफ पोखरा माउन्टेन भ्युसिटिले वृक्षरोपण गरेको छ । क्लबले पोखरा १९ पुरुन्चौरस्थित धारा आधारभूत…
  • तीन तहका सरकार असफल भएको कास्कीका पाँच दलको ठहर

    Avatar राष्ट्र न्यूज सम्वाददाता जेठ २८, २०७७
    पोखरा, २८ जेठ । कास्कीका पाँच राजनीतिक दलले तीन तहका सरकार कोरोना नियन्त्रण, रोकथाम र आवश्यक व्यवस्थापनमा असफल भएको ठहर…
  • सिलिङ्ेगमा नवौं सिलिङ्गे महाशिवरात्री मेला

    Avatar राष्ट्र न्यूज सम्वाददाता फागुन २१, २०७५
    पोखरा, २१ फागुन । शिवरात्रीको अवसरमा पोखरा महानगरपालिका वडा नं २६ सिलिङ्गे बगैचामा आयोजित नवौं सिलिङ्गे महाशिवरात्री मेला – २०७५…
  • पार्टीलार्इ पुरानै ठाउँमा पुर्‍याउँछु : देउवा

    Avatar राष्ट्र न्यूज सम्वाददाता जेठ १८, २०७५
    पोखरा, १७ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलार्इ पुरानै ठाउँमा नपुर्‍याई आफूले पद नछाड्ने बताएका छन् । सभापति देउवाले सबैभन्दा…