पोखरा २४ कास्कीकोटस्थित हाम्रो कास्कीकोट युवा सञ्जालको साधारणसभा तथा अधिवेशनले संयोजकमा हेम सुवेदीलाई चयन गरेको छ ।
सञ्जालको सहसंयोजकमा रुद्रबहादुर कार्की, प्राविधिक संयोजकमा रुद्रप्रसाद अधिकारी, व्यवस्थापन संयोजकमा शितल गिरी, सहव्यवस्थापन संयोजकमा अर्जुनबहादुर अधिकारी, आर्थिक संयोजकमा कविता विक र सहआर्थिक संयोजकमा नवीन सुवेदी छन् ।
सञ्जालको सदस्यमा रमेश केसी, सुनिल सुवेदी, विष्णुमाया गिरी, लक्ष्मी सुवेदी, विशाल तिमिल्सिना र विक्रम अधिकारी चयन भएका छन् । समाजसेवी विष्णु तिमिल्सिना संयोजक र निवर्तमान संयोजक चन्द्रेश्वर वस्ताकोटी सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचितहरूलाई शुभकामना व्यक्त गर्दै वडाध्यक्ष ओमप्रसाद सुवेदीले सञ्जालसंग सहकार्य गरेर काम गर्ने प्रतिवद्धता जनाए ।
Related News
सम्बन्धित समाचार
महिला दिवसमा गृह श्रमिक संघ कास्कीको विविध कार्यक्रम
मर्दीखोला शैक्षिक प्रतिष्ठानद्वारा ५ लाख बराबरको छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण
महाकाव्यकार चालिसेको मैले देखेको पोखरा लोकर्पण
नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघको स्थापना दिवस
१३ औं रुपा तालबेसी फागु महोत्सव हुने