पोखरा, २६ साउन । ‘सभ्य र शिष्ट बनौं, अपाङ्गता भएका व्यत्तिलाई अपहेलना नगरौं’ भन्ने मूल नाराका साथ अपाङ्गता मैत्री समाज कास्कीको तेस्रो साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाले सचिव दण्डपाणि ढकालले प्रस्तुत गरेको वार्षिक र कोषाध्यक्ष चिजा गिरीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
साधारणसभा उद्घाटन गर्दै नेपाली काँग्रेस कास्कीकी कोषाध्यक्ष लक्ष्मी पाण्डेले कामले नै संस्थाको पहिचान बनाउने उल्लेख गरिन् । उनले सवै मानिसमा सहयोगी भावना र सकारात्मक सोचको विकास हुनु पर्नेमा जोड दिइन्।
नेपाली काँग्रेस कास्कीका सदस्य एवं नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले सरकारले अपाङ्गता भएकाको हित हुने गरी काम गर्नुपर्नेमा जोड दिए ।
त्यस अवसरमा नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ, पत्रकार बिना थापा मगर, होटल दिदीकी संचालक विष्णु गुरुङ ‘एकता’, लुम्बिनी विकास बैंकका मेनेजर प्रकाशचन्द्र पहारी, समाजसेवी इशा अग्रवाल, दृष्टिविहीन सहयोग तथा स्वरोजगार नेपालकी अध्यक्ष मिना थापा मगर, अमेरिकन नागरिक ग्रेक फिलिपले बोलेका थिए ।
कार्यक्रममा लुम्बिनी विकास बैंकले संस्थालाई २५ थान सेतो छडी हस्तान्तरण गरेको थियो ।
अपाङ्गता मैत्री समाज कास्कीका अध्यक्ष सन्तबहादुर परियारको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष चिजा गिरीले स्वागत र उपाध्यक्ष कृष्ण भुजेलले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
ढिकुरपोखरी सामाजद्धारा विद्यालय तथा संस्थालाई सहयोग
हेम्जा आवासीय विद्यालयमा पुरस्कार वितरण कार्यक्रम
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष पुनः भिम
पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न
कालिका माविको ४२ औँ वार्षिकोत्सवमा ३ जनालाई वर्ष सम्मान