पोखरा, २१ असार। कास्कीको माछापुच्छ«े गाउँपालिकाको वडा नं ८ र ९ मा एक सय पाँच वटा औषधिजन्य जडीबुटी भेटिएको छ ।
ती जडीबुटी स्वीजरल्याण्डको एमडीपिआई प्रकाशनको मेडिसिन्स नामक जर्नलमा सूचिकृत समेत भएका छन् ।
त्यस क्षेत्रमा डेढ वर्षसम्म गरिएको अध्ययन र सर्वेक्षणमा महत्वपूर्ण जडीबुटी भेटिएको अनुसन्धानमा संलग्न प्रमुख अनुसन्धानकर्ता महेन्द्र अधिकारीले बताए ।
स्थलगत सर्वेसँगै स्थानीयसँग सोधपुछ र छलफल गरी अध्ययन तथा अनुसन्धान गरिएको थियो ।
एक सय पाँच जडिबुटीमध्य २२ वटा जडिबुटीको विश्वभर कहीँ कतै वैज्ञानिक अध्ययन नभएको बताइएको छ । जडिबुटीको हर्वेरियम बनाइ वैज्ञानिक नाम पत्ता लगाउनुको साथै तीनको प्रयोग बारे भ्यालिडेशन पनि गरिएको छ ।
‘माछापुच्छ«े गाउँपालिका औषधिजन्य जडिबुटीको प्राकृतिक भण्डार रहेछ अनुसन्धानकर्ता अधिकारीले भने’, ति जडिबुटीलाई प्रयोग गर्न गर्न सके विश्वलाई नै कायपलट पार्न सक्ने औषधि पत्ता लगाउन सकिन्छ ।’
अर्का अनुसन्धानकर्ता प्रकाश पौडेलले जडीबुटीको बैज्ञानिक उपयोगिता, लोपोन्मुख जडिबुटी संरक्षण र कल्टिभेसन(खेती) गर्न सके गाउँपालिकाको आयस्रोत बढाउन सकिने बताए ।
जडीबुटी संरक्षण र अनुसन्धानमा स्थानीय तथा संघिय सरकारले पनि ध्यान दिन जरुरी रहेको उनको भनाइ छ ।
अनुसन्धान टोलीमा अधिकारी सहित नोबेल एकेडेमी पोखरा अन्तर्गत बी फार्मेसी संकाय कार्यक्रम संयोजक उपप्राध्यापक प्रकाश पौडेल, पोखरा विश्वविद्यालयकी उपप्राध्यापक रश्मी थापा, कुमामोतो विश्वविद्यालय जापानमा कार्यरत वैज्ञानिक डा. हरिप्रसाद देवकोटा र अमेरिकाको फ्लोरिडा एट्लान्टिक विश्वविद्यालययका वैज्ञानिक डा. रिपु मर्दन कुँवर संलग्न थिए ।
नेपालमा करिब एक हजार औषधिजन्य जडिबुटी रहेको विभिन्न अध्ययनहरुले देखाएको छ ।
Related News
सम्बन्धित समाचार
महिला दिवसमा गृह श्रमिक संघ कास्कीको विविध कार्यक्रम
मर्दीखोला शैक्षिक प्रतिष्ठानद्वारा ५ लाख बराबरको छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण
महाकाव्यकार चालिसेको मैले देखेको पोखरा लोकर्पण
नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघको स्थापना दिवस
१३ औं रुपा तालबेसी फागु महोत्सव हुने