पोखरा, १६ असार । ‘हामी सवै जुट्यौ भने असम्भव केही छैन, हामी प्रतिबद्व छौं’ हाम्रो टोल सुन्दर बनाउछौं भन्ने मूल नाराका साथ पोखरा–१३, स्थित संगम टोल विकास संस्थाले टोललाई व्यवस्थित बनाउनका लागि विभिन्न योजना सहितका कार्यक्रम अघि सारेको छ ।
संस्थाले टोलभित्र छाडा वा पालिएका कुकुर नियन्त्रण गर्ने, बालबालिकालाई बाटोमा खेल्न नदिने सिसि क्यामेरा जडान गर्ने, मादक पदार्थ सेवन गरी होहल्ला नदिने, ससाना बालबालिकालाई समयनै खोप लगाउन जनचेतना जगाउने र हरेक महिनाको दोस्रो शनिवार टोल सरसफाइ अभियान संचालन गर्ने योजना अघि सारेको छ ।
टोललाई व्यवस्थित बनाउनका लागि योजना अघि सारेका हौं, टोल विकास संस्थाका अध्यक्ष धर्मराज पौडेल अल्पायूले भने – योजनालाई सफल बनाउनका लागि सवै टोलबासिको सहयोग र सहभागिता आवश्यक छ । उनले टोलले अघि सारेका योजनामा सहभागि नहुने र सहयोग नगर्नेलाई कारवाही गरिने जानकारी दिए ।
टोलमा शनिवार आयोजित कार्यक्रमवीच सरसफाइ अभियान शुभारम्भ गरिएको छ । प्रहरी सहायक निरीक्षक कृष्णबहादुर तामाङ र नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले संयुक्त रुपमा शुभारम्भ गरेका थिए ।
संगम टोल विकास संस्थाका अध्यक्ष धर्मराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रम सचिव लक्ष्मी थापा मगरले गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
कालिका मन्दिर चिनाउन सङ्ग्रहालय
‘टिभिएस ग्राण्ड एक्स्चेन्ज मेला’ हुने
कास्कीको माछापूच्छ«ेमा अध्यक्ष र उपाध्यक्षसहित सात वडामा काँग्रेस विजयी
पोखरा महानगरमा गठबन्धन उम्मेदवारको अग्रता
पोखराको प्रमुखका उम्मेदवारद्वय कांग्रेसका नेता सापकोटा र तिवारीको उम्मेदवारी फिर्ता