पोखरा, ६ जेठ । नेपाल प्रेस युनियन कास्कीले कार्य समितिका पदाधिकारी एवं सदस्यलाई प्रोत्साहन गर्न अवार्ड स्थापना गरेको छ ।
प्रेस युनियन कास्कीका अध्यक्षले सल्लाहकारहरुसँगको सल्लाहमा कार्यसमितिका पदाधिकारी एवं सदस्यमध्यमा उत्कृष्ट काम गर्नेलाई पुरस्कृत गर्ने गरी अवार्ड स्थापना गरिएको हो ।
नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा सोमबार बसेको बैठकले प्रेस युनियनको स्थापना दिवसको अवसरमा सो अवार्ड प्रदान गर्ने निर्णय गरिएको सचिव प्रदिप पौडेलले जानकारी दिए । सो पुरस्कार कार्यसमितिका अध्यक्ष बाहेक अन्य पदाधिकारी एवं सदस्यलाई प्रदान गरिने छ ।
काम र योगदानको मूल्याङ्गकन गरि प्रदान गरिने अवार्डको राशी ५ हजार नगद सहित प्रशंंसापत्र रहेको छ ।
बैठकले प्रेस युनियनको २८ औं स्थापना दिवसको अवसरमा जेठ १३ गते पोखरामा वर्तमान अवस्थामा प्रेस स्वतन्त्रताको अवस्था र प्रेस युनियनको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।
कार्यक्रमको तयारीका लागि सदस्य सन्तोष सुवेदी संयोजक तथा विजय नेपाली, सुवाष आचार्य, अनिषा श्रेष्ठ र कमल पौडेल सदस्य रहेको समिति गठन गरेको छ ।
बैठकले नेपाल पत्रकार महासंघ कास्कीको सदस्यता नविकरणका लागि प्रेस युनियनका सदस्यहरुसँग समन्वय गर्न सचिव प्रदिप पौडेललाई जिम्मेबारी दिएको छ ।
Related News
सम्बन्धित समाचार
शिवशक्ति क्याम्पसको ३१ औं वार्षिकोत्सव तथा १५ औं साधारण सभा
छ नम्बर वडावासिद्वारा महानगरलाई पाँच बुँदे ज्ञापनपत्र
दोलखा पोखरा मिलन समाजको अध्यक्षमा खड्का
दक्ष जनशक्ति उत्पादनका लागि होटल संघ र हेल्भेटासको सहकार्य
नेपाल विद्युत प्राधिकरणको वार्षिकोत्सवमा रक्तदान