पोखरा, ४ जेठ । हिमाल पहाड तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत नेपाली काँग्रेस कास्कीले राष्ट्रिय जागरण अभियानका लागि थप कार्यक्रम तय गरेको छ ।
नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षता तथा नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधि एवम् केन्द्रीय सदस्य अर्जुन प्रसाद जोशीको उपस्थितिमा शनिबार पार्टी कार्यालयमा बसेको बैठकले जागरण अभियानका थप कार्यक्रम तय गरेको हो ।
दोस्रो चरणको अभियान जेठ ५ गते बाट शुरु भई जेठ २५ सम्म चल्ने नेपाली काँग्रेस कास्कीका सदस्य नवीन सिग्देलले जानकारी दिए ।
जेठ ५ गते वडा नं. ३१ को आयोजनामा वडास्तरीय कार्यक्रम, भातृ तथा शुभेच्छुक संस्थाको विशेष कार्यक्रम, जेठ १० गते नेपाल महिला संघ कास्कीको आयोजनामा जिल्लास्तरिय कार्यक्रम, जेठ ११ गते वडा नंं २७ को आयोजनामा वडा स्तरीय कार्यक्रम, जेठ १४ गते नेपाल तरुण दल कास्कीको आयोजनमा तरुण जागरण अभियान र जेठ १५ गते रुपा गाउँपालिका वडा नं. ७ को आयोजनामा वडास्तरीय कार्यक्रम तय गरिएको छ ।
त्यसैगरी स्थानीय तहमा जेठ १२ गते अन्नपूर्ण गाउँपालिका, जेठ १३ गते माछापुच्छ«े गाउँपालिका, जेठ १६ गते पोखरा महानगरपालिका, जेठ १७ गते मादी गाउँपालिका र जेठ १८ गते रुपा गाउँ पालिकास्तरीय जागरण अभियानका कार्यक्रम सञ्चालन गरिने छ ।
यस्तै जेठ २५ गते पोखरा–१७ विरौटा राम मन्दिर नजिकै राष्ट्रिय जागरण अभियान अन्तर्गत जिल्लास्तरिय आमसभा गरिने छ ।
यस अघि नेपाली काँग्रेसको केन्द्रीय निति अनुरुपनै नेपाली काँग्रेस कास्कीले प्रथम चरणको जागरण अभियान अन्तर्गत कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा कार्यकर्ता भेला तथा अभिमुखिकरण कार्यक्रम आयोजना गरेको थियो ।
‘केन्द्रको परिपत्र र निर्देशन अनुरुप पहिलो चरणको जागरण अभियान अन्तर्गत कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा कार्यकर्ता भेला तथा अभिमुखिकरण कार्यक्रम उत्साहका साथ समापन भएको छ’, सभापति कृष्ण केसीले भने,‘ पहिलो चरणको अभियान उत्साहजन र पूर्ण सफल भएको छ । अवको कार्यक्रममा पनि यसरीनै सहभागिता जनाईदिन अनुरोध गर्दछु ।’
यसैगरी नेपाली काँग्रेस पोखरा–२२ पुम्दी भुम्दीको आयोजनामा शनिवार जागरण अभियान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागिले पार्टीलाई बलियो बनाउनका लागि केन्द्रीय तहबाटै एक भएर आउन सुझाव दिएका थिए ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता खेमराज पौडेलले पार्टीलाई मजबुद बनाउनका लागि तल्लो तहबाटै खटिनु पर्ने बताए ।
नेपाली काँग्रेस महासमिति सदस्य तथा पुम्दीभुम्दीका प्रतिनिधि रामचन्द्र त्रिपाठीले अबको निर्वाचनमा पहिलो पार्टी बनाउन नेता कार्यकर्ता अहिलेबाटै जाग्नु पर्ने बताए ।
कार्यक्रममा नेपाली काँग्रेस पोखरा–२२ का सभापति देउकाजी गुरुङ, उपसभापति चेतभक्त बराल, सचिव उमनाथ बराल प्रतिनिधि शुष्मा कार्कीलगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
महिला पुरुष सचेतना कार्यक्रम
संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा अक्षय कोष स्थापना गरिने
विविध कार्यक्रम गरी राष्ट्रिय वाणिज्य बैंक ४८ औं वार्षिकोत्सव मनाउँदै
शव कुर्दै आफन्त
आँखा शिविरबाट दुई सय २० जना लाभान्वित