पोखरा, २७ वैशाख । वल्र्ड मार्ट युनिक सोलुसन प्रा.लिले पोखरामा २८ गते शनिवार गण्डकी प्रदेश स्तरीय फेमिलियर सेमिनार गर्ने भएको छ ।
प्रालिले गरेका महत्वपूर्ण काम र उत्पादनका बारेमा जानकारी दिने उदेश्यले सेमिनार गर्न लागिएको हो ।
सेमिनारमा स्वास्थ र सौन्दर्यसँग सम्बन्धित हेयर केयर तथा स्किन केयरका सामाग्रीहरु, स्वास्थको लागि अर्गानिक ग्रीन टी र मह लगायतको महत्व वारेमा उत्पादक, सौन्दर्य, एवं आयुर्वेदिक बिज्ञले जानकारी दिने बताइएको छ ।
त्यस्तै सहभागिमध्यबाट लक्की ड्र मार्फत १० भाग्यशाली बिजेतालाई विशेष उपहार प्रदान गरिने छ ।
स्वदेशी आयुर्वेदिक एवं खाद्य उत्पादन प्रयोग र प्रवद्र्धन, दीर्घकालीन स्वास्थ्य, सौन्दर्य एवं राष्ट्रिय अर्थतन्त्रका लागि फेमिलियर अभियान भन्ने मूल नाराका साथ नौ वर्ष अघि वल्र्ड मार्ट युनिक सोलुसन प्रालि स्थापना भएको थियो ।
प्रालि स्वदेशी स्रोत साधनको प्रयोगबाट विभिन्न आयुर्वेदिक सौन्दर्य प्रशाधन, मसला, खाद्य तथा दैनिक उपभोग्य सामान उत्पादन र बजारिकरणमा क्रियाशील छ ।
प्रालिले आगामी दिनमा खाद्य तथा दैनिक उपभोग्य सामानको १०० औं उत्पादन लञ्च गर्ने तयारी गरिरहेको अध्यक्ष सुमन दाहालले जानकारी दिए ।
स्वदेशमा उत्पादन भएका बस्तुहरुको चिनारी र बजारीकरण गर्नु कम्पनीको मूख्य उदेश्य हो ।
यस अघि प्रदेश नम्बर १, २ र ३ अन्तर्गत झापा, मोरङ ,इलाम,चितवन र हेटौडामा सेमिनार गरिसकेको छ । पोखराका सेमिनार सकेर प्रदेश नम्बर ५, ६ र ७ मा गर्ने योजना छ ।
Related News
सम्बन्धित समाचार
नेदा तमु सेवा समाज पोखराको आठौं वार्षिकोत्सव
पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान
माघ ४ देखि नागीधार महोत्सव
१३ औं पोखरा महोत्सवलाई विभिन्न संघ संस्थाहरुको साथ
प्रेस सेन्टर कास्कीको अधिवेशन पुस २७ मा हुने
Archives
Archives