पोखरा, २५ वैशाख । नेपाल प्रेस युनियन कास्कीले नव वर्ष – २०७६ को अवसरमा प्रकाशित गरेको भित्तेपात्रो बुधबार लोकार्पण गरिएको छ ।
नेपाली काँग्रेसको शुभेच्छुक संस्थाको रुपमा परिचित प्रेस युनियन कास्कीले पहिलो पटक भित्तेपात्रो प्रकाशनमा ल्याएको हो ।
भित्तेपात्रो लोकार्पण गर्दै नेपाली काँग्रेसका महामन्त्री एवं भुतपुर्व सञ्चार मन्त्री पुर्ण बहादुर खड्काले सरकारको अधिनायकवादी चरित्रका कारण मुलुक तहसनहस भैरहेको उल्लेख गरे ।
उनले सरकार प्रेस माथी ज्यादती र अभिव्यक्ति स्वतन्त्रताको हनन गर्न उन्मुख रहेको बताए ।
सरकारले प्रेसलाइ संविधानले प्रत्याभुति गरेको अधिकारबाट कुण्ठित गरेको बताउदै काँग्रेस सधै प्रेस स्वतन्त्रताको पक्षमा रहेर जनताको हक अधिकार सुनिश्चित गर्न शसक्त रुपमा लाग्ने स्पष्ट पारे ।
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष रमेश पौडेलले लोकतन्त्रमा मात्र प्रेस सुरक्षित हुने बताए ।
नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाले स्वागत र सचिव प्रदिप पौडेलले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
हेमजामा महिला सिप विकास तथा क्षमता अभिवृद्धि तालिम
पोखरा महोत्सवमा ज्योति मगरको प्रस्तुतिमा झुमे दर्शक
नेदा तमु सेवा समाज पोखराको आठौं वार्षिकोत्सव
पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान
माघ ४ देखि नागीधार महोत्सव
Archives
Archives