पोखरा, १६ वैशाख । नेपाली काँग्रेस कास्कीले पोखरा विश्वविद्यालयमा भैरहेको
आन्दोलन र असहज परिस्थितिप्रति ध्यानाकर्षण भएको जनाउँदै तत्काल समस्या
समाधान गर्न माग गरेको छ ।
विश्वविद्यालय परिषरमा प्रहरीको परेड, रक्तमुछेल, लाठिचार्ज, गिरफ्तारी र
धरपकड नसुहाएको भन्दै घटनाको निन्दा गरेको छ । विज्ञप्तिमा समस्या समाधान
प्रहरी प्रशासनको बल प्रयोगबाट हुन नसक्ने जनाइएको छ ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा कार्यालयभन्दा
बाहिर अदृश्य र भुमिगत बसेर विश्वविद्यालयको समस्या सामाधान खोज्ने शैलि
ढुङगेयुगको जस्तै भएको उल्लेख छ ।
विज्ञप्तिमा पोखरा विश्वविद्यालयको समस्या बढ्दै जानुमा विश्वविद्यालय नेतृत्व र
पदाधिकारीको अदुरदर्शी निर्णय, अकर्मण्य कार्यशैली र हठ भएको जनाइएको छ ।
विज्ञप्तिमा विश्वविद्यालयमा स्वच्छ गुणस्तरीय शैक्षिक वातावरण कायम गर्न र गरिमा
उचो पार्ने तर्फ ध्यान दिन आग्रह गरिएको छ ।
विज्ञप्तिमा गिरफ्तार विद्यार्थी रिहा गर्न, घाइतेको उपचार व्यवस्था गर्न र स्वच्छ
शैक्षिक वातावरणमा सम्पूर्ण विद्यार्थीलाई निर्वाध परिक्षा दिन पाउँन अवस्था
सृजना गर्न माग गरिएको छ ।
Related News
सम्बन्धित समाचार
गुरुङ भाषाको चलचित्र ‘शिरसुबा’ को विशेष प्रदर्शन हुने
प्रधानमन्त्री ओली पोखरा आउँदै
कैदीबन्दीबीच झडप हुँदा पाँच घाइते
घार्मीमा स्वास्थ्य चौकी भवन निर्माण
गलेश्वर मन्दिर पित्तलले छाइने