पोखरा, १६ वैशाख । नेपाल परिवार नियोजन संघ कास्कीले साथी शिक्षकहरुका लागि दुई दिने वृहत्त सघन यौनिकता शिक्षा सम्वन्धी तालिम गरेको छ ।
तालिममा २० जना साथी शिक्षक सहभागि थिए । तालिममा विष्णु दाहाल, नारायणी त्रिपाठी, दिक्षा पराजुली, एमनाथ पौडेल, नवराज तिवारी, गिता जोशी, सम्पूर्ण गौतम र दिज्सन ढकालले सहजीकरण गरेका थिए ।
तालिम समापनमा प्रमाण पत्र वितरण गर्दै नेपाल परिवार नियोजन संघका केन्द्रीय सदस्य अर्जुन सिग्देलले क्षमता अभिवृद्विका लागि तालिम महत्वपूर्ण हुने बताए ।
नेपाल परिवार नियोज संघ कास्कीका अध्यक्ष निरञ्जन श्रेष्ठले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गरे । कार्यक्रममा सहभागिको तर्फबाट शर्मिला छन्त्यालले पनि बोेलेकी थिईन् ।
नेपाल परिवार नियोजन संघकी युवा सदस्य नारायणी त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रम साथी शिक्षक कृतिका त्रिपाठीले संचालन गरेकी थिईन् ।
Related News
सम्बन्धित समाचार
कर्मशीलका सदस्यलाई युआरएल र अन्नपूर्ण सिटीमा छुट
सराङकोटमा तीज मेला हुने
कास्कीमा थपिए ११ हजार मतदाता
श्री कृष्ण प्रणामी मन्दिरमा रक्षाबन्धन विशेष कार्यक्रम हुँदै
अग्नी ग्रुपको २ एस सर्भिस सेन्टर पोखरामा