पोखरा, २६ चैत । पोखरा महानगरपालिका वडा नं १३ स्थित डिज्नी मन्टेश्वरी तथा प्रिस्कुलमा दिक्षान्त समारोह भएको छ ।
कार्यक्रममा पुर्वविद्यालय तहको युकेजी पार गरेका १९ जना विद्यार्थीलाई दिक्षित गरिएको थियो ।
विद्यालयका सञ्चालक श्यामबहादुर गुरुङ र प्रिन्सिपल कञ्चन गुरुङले विद्यार्थीलाई दिक्षित गरेका थिए ।
कार्यक्रममा नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले अभिभावकको व्यस्त दैनिकिलाई व्यवस्थापन गर्न मन्टेश्वरी सहयोगी बनेको उल्लेख गरे।
डा. कृष्णगोपाल श्रेष्ठले मन्टेश्वरीले बालबालिकाको आवश्यकतालाई ध्यान दिने भन्दै विद्यालयसँग तुलना गर्न नहुने बताए ।
मन्टेश्वरीका सल्लाहाकार ओम गुरुङले भोलिको मुलुक कस्तो बन्ने विषयमा अहिलेका बालबालिकामा निर्भर रहेको बताए ।
मन्टेश्वरीकी प्रिन्सिपल कञ्चन गुरुङले विद्यार्थीको सुनौलो भविष्यको कामना गरिन्।
डिज्नी मन्टेश्वरी तथा प्रिस्कुलका सञ्चालक श्यामबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षिका शुष्मा थापाले स्वागत र शिक्षिका यामकला गुरुङले संचालन गरेकी थिईन् ।
Related News
सम्बन्धित समाचार
महिला दिवसमा गृह श्रमिक संघ कास्कीको विविध कार्यक्रम
मर्दीखोला शैक्षिक प्रतिष्ठानद्वारा ५ लाख बराबरको छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण
महाकाव्यकार चालिसेको मैले देखेको पोखरा लोकर्पण
नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघको स्थापना दिवस
१३ औं रुपा तालबेसी फागु महोत्सव हुने