पोखरा, २१ फागुन । शिवरात्रीको अवसरमा पोखरा महानगरपालिका वडा नं २६ सिलिङ्गे बगैचामा आयोजित नवौं सिलिङ्गे महाशिवरात्री मेला – २०७५ सम्पन्न भएको छ ।
जटाशंकर धार्मिक विकास समितिले फागुन १९ देखि मेला आयोजना गरेको हो । मेलामा अखण्ड रुदाभिषेक, सामुहिक ब्रतवन्ध, ग्रह स्वस्ति शान्ति, महाआरती, रात्रीकालिन दिप प्रज्वलन गरिएको थियो ।
त्यस्तै, शिवमहिमा कथा प्रवचन गर्नुको साथै कलाकारहरुद्वारा साङ्गितिक भजन किर्तन पनि गरिएको थियो ।
मेलाको समापनमा बोल्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाध्यक्ष नारायणप्रसाद बरालले धार्मिक गतिविधिलाई अघि बढाउन सहयोग गर्ने उल्लेख गरे ।
कार्यक्रममा नेपाली काँग्रेसका सचिव देवेन्द्र रानाभाट, नेपाल ट्रेड युनियन काँग्रेस गण्डकीका अध्यक्ष मुरारी शर्मा, समाजसेवी हरिप्रसाद अधिकारी, भगवती हाइड्रोपावर डेभलप्मेन्ट प्रालिका आयोजना प्रमुख बसन्तमोहन भट्टराई, विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य रमेश राजभाट, पोखरा – २६ का वडा सदस्य मुरली थापा, खड्कबहादुर रानाभाट, समितिका पूर्वसचिव विष्णुप्रसाद अधिकारीले बोलेका थिए ।
जटाशंकर धार्मिक विकास समितिका अध्यक्ष युवा पण्डित रामप्रसाद सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य रुकु थापाले स्वागत र सचिव विकास रानाभाटले कार्यक्रम संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
कोरोना उपचारमा खटिने रित्तै, अन्यले लिए भत्ता
लायन्स क्लबद्वारा वृक्षरोपण
तीन तहका सरकार असफल भएको कास्कीका पाँच दलको ठहर
कास्की काँग्रेसद्वारा गिरफ्तार विद्यार्थी रिहा गर्न माग
पार्टीलार्इ पुरानै ठाउँमा पुर्याउँछु : देउवा