महन्त उपाध्यायको निधन

राष्ट्र न्यूज सम्वाददाता
माघ २५, २०७५
laxmisaran

पोखरा, २५ माघ । पोखरा–२५ हेमजा मिलनचोक निवासी महन्त लक्ष्मीशरण उपाध्यायको विहीबार निधन भएको छ ।

८२ वर्षिय उपाध्यायको बिहान आफ्नै निवासमा निधन भएको हो । स्वर्गीय उपाध्ययाको बिहीबार नै अन्येष्टि गरिएको छ ।
स्वर्गीय उपाध्यय विगत ५ वर्ष देखि मृगौलाको समस्याबाट पिडित थिए । स्वर्गीय उपाध्यायका दुई छोराबुहारी, तीन छोरी, १० नातिनातिना र तीन पनातिपनातिनी छन् ।

शिक्षा क्षेत्रमा लामो समय बिताएका उपाध्याय लामेआहाल स्थित राधाकृष्ण मन्दिर पिठधीश, गौरी शंकर उच्च मावि लामो समय अध्यापन गराएका थिए ।

विन्ध्यवासिनी संस्कृत विद्यापिठ ऋषिकुल आश्रम, भद्रकाली मावि, शान्ति वालगृह काठमाण्डौंमा लामो समय अध्यापन गराएका स्वर्गीय उपाध्याय हेमजा साहित्य प्रतिष्ठान, रेडक्रस, गौरी शंकर वहुमुखी क्याम्पस लगाएत थुप्रै संघ संस्थामा विभिन्न पदमा रहेर काम गरेका थिए ।

विस २०६४ मा महन्त उपाधी प्राप्त गरेका स्वर्गीय उपाध्याय सरल मृदभाषी र छन्दका विशेष ज्ञाता मानिन्थ्य ।
उपाध्याय लामो समयसम्म शिक्षण क्षेत्रमा रहेकाले परिवार पनि शिक्षा क्षेत्रमा नै संलग्न छन्। ।

जेठा छोरा केशवशरण पौडेल हेम्जा वोर्डिङ स्कूलको संस्थापक प्रिन्सिपल, एन प्याब्सान कास्कीको द्धितीय उपाध्यक्ष समेत रहेका छन् । केशवशरणले गौरी शंकर सहकारी संस्था लिमिटेडको अध्यक्ष, लायन्स क्लब अफ पोखरा लालिगुराँसको संस्थापक अध्यक्ष लगाएत थुपै्र संस्थामा विभिन्न पदमा रहि सामाजिक सेवा गर्दै आएका छन् ।

स्वर्गीय उपाध्यायका कान्छा छोरा माधवशरण पौडेल हेम्जा वोर्डिङ स्कूलको संस्थापक निर्देशक तथा नेकपाको वडा संयन्त्र सदस्यसँगै धेरै संघ संस्थामा आवद्ध छन् ।

उपाध्यायका बुहारी शारदा पौडेल, देवु पौडेल पनि शिक्षण पेशामा आवद्ध छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै