पोखरा, ९ पुस । पोखरा महानगरपालिका वडा नं १३ चिसापानी टोल निवासी मृगौला रोगी २५ वर्षिय भक्तबहादुर गुरुङलाई आर्थिक सहयोग गरिएको छ ।
चिसापानी युवा क्लबको पहलमा उनलाई तीन लाख ३६ हजार ६ सय पाँच रुपैया आर्थिक सहयोग गरिएको हो । क्लबले देश÷विदेशमा रहेका ४५ जनाबाट सो रकम संकलन गरेको हो ।
भक्तबहादुर विगत तीन वर्षदेखि मृगौला सम्वन्धी रोगबाट प्रभावित छन् । मासिक रुपमा करिब १५ हजार रुपैयाको औषधी खानुपर्ने उनलाई आर्थिक अवस्था कमजोर भएका कारण सहयोग गरिएको हो ।
क्लबले शनिवार एक कार्यक्रम गरी सो रकम गुरुङलाई हस्तान्तरण गरेको छ । चिसापानी टोल विकास संस्थाका अध्यक्ष बिर्जमान गुरुङले सो रकम हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा अध्यक्ष गुरुङले मानवीय सेवामा क्लबले गरेको योगदानको प्रशंसा गरे । उनले समस्यालाई मिलेर समाधान गर्न सकिने भन्दै एकतामा जोड दिए ।
त्यसअवसरमा टोल विकास संस्थाका सचिव घनबहादुर गुरुङ, महिला परिचालन समितिकी अध्यक्ष डिलसुब्बा गुरुङ, आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देल, संचारकर्मी रोशनी गुरुङले बोलेका थिए ।
चिसापानी युवा क्लबका कार्यबाहक अध्यक्ष श्याम गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सचिव तीर्थ गुरुङले संचालन गरेकी थिईन् ।
Related News
सम्बन्धित समाचार
शितलादेवीमा अन्नपूर्ण आयुर्वेद क्लिनिक संचालनमा
सरकार, ‘कोरोनासँगै स्वास्थ्यकर्मी र अन्य बिरामी बारे सोचौं’
फिजियोथेरापी दिवसमा निःशुल्क शिविर
गर्भवती महिलालाई अण्डा र क्याल्सियम वितरण
महिलामा ए. एम. डि नामक जटिल किसिमको आँखाको रोग बढ्दै