पोखरा, १ पुस । नेपाल तरुण दल कास्कीको उपसभापतिमा दिपक गुरुङ (माइला)लाई मनोनयन गरिएको छ ।
तरुण दल कास्कीको आइतबार सम्पन्न बैठकले गुरुङलाई उपसभापतिमा मनोनयन गरेको हो ।
बैठकमा तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले उपसभापतिमा दिपक गुरुङलाई गरेको प्रस्ताव सर्वसम्मत पारित गरेको थियो । पोखरा महानगरपालिका वडा नं १३ निवासी गुरुङ साविकको नेपाल तरुण दल कास्की क्षेत्र नं २ कास्कीका सभापति समेत हुन् ।
गुरुङ मनोनित भएसँगै तरुण दल कास्कीमा दुई जना उपसभापति भएका छन् । तरुण दलको जिल्ला, क्षेत्र, नगर र वडा तहसम्ममा दुई जना उपसभापति राख्ने निर्णय अनुसार उपसभापति थप गरिएको बताइएको छ ।
तरुण दल कास्कीमा सदस्य पनि मनोनयन गरिएको छ । मनोनित हुनेहरुमा मिलन रायमाझी, वीरेन्द्र गुरुङ, जंगबहादुर हमाल, राम रानाभाट, प्रकाश गुरुङ, पवित्रा थापा, मधु श्रेष्ठ, विष्णुप्रसाद बराल र भिममाया सुवेदी छन् ।
Related News
सम्बन्धित समाचार
महिला दिवसमा गृह श्रमिक संघ कास्कीको विविध कार्यक्रम
मर्दीखोला शैक्षिक प्रतिष्ठानद्वारा ५ लाख बराबरको छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण
महाकाव्यकार चालिसेको मैले देखेको पोखरा लोकर्पण
नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघको स्थापना दिवस
१३ औं रुपा तालबेसी फागु महोत्सव हुने